Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ट्रम्पको धम्कीपछि खामेनीको कडा जवाफ

एजेन्सी । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायलसँग कहिले सम्झौता नगर्ने बताएका छन्। उनले एक्समा पोस्ट गरेका छन्, ‘इरानले इजरायलसँग कहिल्यै सम्झौता गर्ने छैनौँ।’ अर्को पोस्टमा उनले लेखेका छन्, ‘युद्ध सुरु भएको छ।’
यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बिनसर्त आत्मसमर्पण गर्न चेतावनी दिँदै इरानका सर्वोच्च नेता लुकेको स्थान थाहा भए पनि अहिले मार्दैनौँ जस्ता कुरा सामाजिक सञ्जालमा लेखेका थिए। इरानको आलोचना गर्दै उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा धेरैवटा पोस्ट गरेका छन्। पछिल्लो पोस्टमा उनले लेखेका छन्, निःसर्त आत्मसमर्पण। ट्रम्पले अर्को पोस्टमा ट्रम्पले लेखेका छन्, ‘हामीलाई थाहा छ, इरानका सर्वोच्च नेता कहाँ छन्, तर हामी उनलाई अहिले नै मार्ने छैनौँ। उनले अगाडि लेखेका छन्, ‘हामीलाई राम्ररी थाहा छ– तथाकथित सर्वोच्च नेता कहाँ लुकेका छन्। उनी एक सजिलो निशाना हुन्, तर उनी अहिलेको लागि त्यहाँ सुरक्षित छन्।’ उनले अब धैर्य टुट्दै गएको पनि उल्लेख गरेका छन्। यसको केही मिनेटअघि ट्रम्पले भनेका थिए, ‘अब इरानको आकाशमा हाम्रो पूर्ण नियन्त्रण छ।’ यसपछि अयातोल्लाह अली खामेनीले पनि सामाजिक सञ्जालमार्फत नै जवाफ दिएका हुन्। खमेनीले अगाडि लेखेका छन्, ‘हामीले आतंकवादी जियोनिस्ट यहुदी शासनलाई कडा जवाफ दिनुपर्छ। हामी जियोनिस्टहरूलाई कुनै दया देखाउने छैनौँ।’