Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ट्रम्पलाई राष्ट्रपतिको उम्मेवार बन्न बाटो खुल्यो

वासिङटन डिसी। संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले राज्यको रिपब्लिकन प्राइमरी मतपत्रबाट डोनाल्ड ट्रम्पको नाम हटाउन कोलोराडोको प्रयासलाई अस्वीकार गरेको छ। अमेरिकन पूर्व राष्ट्रपति ट्रम्पलाई उनको पार्टीको उम्मेदवारी खोस्ने प्रयासलाई सर्वोच्च अदालतले खारेज गरे पछि ट्रम्पले ठुलो राहत पाएका छन्। न्यायाधीशहरूले सर्वसम्मतिले डिसेम्बर १० मा कोलोराडोको उच्च अदालतले ट्रम्पलाई संविधानको १४ औं संशोधन अन्तर्गत मतपत्र नामावलीबाट निकाल्ने निर्णयलाई उल्टाएका हुन्। जसमा व्यक्तिहरूले विद्रोहमा भाग लिएको खण्डमा सार्वजनिक पद धारण गर्न निषेध गर्ने खण्ड समावेश गरिएको छ। ट्रम्पका आलोचकहरूले उनलाई २०२० को राष्ट्रपतिको चुनावलाई बिथोल्ने प्रयासमा जनवरी ६, २०२१ मा अमेरिकी क्यापिटलमा भएको आक्रमणलाई उक्साएको र समर्थन गरेको आरोप लगाएका थिए। ‘अमेरिकाको लागि ठूलो जीत’ सर्वोच्च अदालतको फैसलापछि पूर्वराष्ट्रपति ट्रम्ले आफ्नो ट्रुथ सामाजिक सञ्जालमा लेखेका छन्। यस निर्णयले कोलोराडो, इलिनोइस, माइन र अन्य ठाउँमा ट्रम्पलाई मतपत्रबाट हटाउने प्रयासहरू समाप्त भएको छ।

संबिधानको १४ औं संशोधनले मानिसहरूलाई राष्ट्रपति पदसहित अमेरिकी पद धारण गर्नबाट रोक्छ। यदि तिनीहरूले त्यसको विरुद्ध विद्रोह वा विद्रोहमा संलग्न छन, वा त्यसका शत्रुहरूलाई सहयोग वा सान्त्वना दिएका छन् भन्ने उल्लेख गरिएको छ।

तर ६(३ को कन्जरभेटिभ बहुमत भएको सर्वोच्च अदालतले आफ्नो फैसालमा कांग्रेसले मात्र संघीय पदाधिकारी र उम्मेदवारहरू विरुद्ध प्रावधान लागू गर्न सक्ने उल्लेख गरेको छ। ‘राज्यहरूले राज्यको पद धारण गर्ने वा प्रयास गर्ने व्यक्तिहरूलाई अयोग्य ठहराउन सक्छ तर संघीय कार्यालयहरू विशेष गरी राष्ट्रपति पदको सन्दर्भमा धारा ३ लागू गर्ने संविधान अन्तर्गत राज्यहरूसँग कुनै शक्ति छैन,’ अदालतले भनेको छ। हाल भइरहेको प्राइमरी निर्वाचनमा ट्रम्प रिपब्लिकन राष्ट्रपति पदको उम्मेदवारीमा अग्रपंक्तिमा रहेका छन् र कतिपय स्थानमा उनले ९८ प्रतिशतसम्म मत प्राप्त गर्न सफल भएका छन्। जुन नतिजाहरूले आगामी नोभेम्बरमा बाइडेनको बिरूद्ध राष्ट्रपति निर्वाचनमा उनले राम्रै प्रतिस्पर्धा गर्ने देखिएको छ।


सम्बन्धित समाचार