Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ट्रम्पले पद सम्हाल्दै भने– आप्रवासी फिर्ता प्रक्रिया शुरु हुनेछ

काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिका रुपमा सोमबार डोनाल्ड ट्रम्पले सपथ लिएका छन् । रिपब्लिकनका तर्फबाट चुनाव जितेका ट्रम्प दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेका हुन् । सपथ ग्रहण समारोहमा सहभागी हुँदै ट्रम्पले आफ्नो सम्वोधनमा भने, आजदेखि अमेरिकाको स्वर्ण युग सुरु भयो । हाम्रो देश अब समृद्ध र सम्मानित हुनेछ । म साफसँग भन्न चाहन्छु कि म सधैं अमेरिकालाई प्राथमिकता दिनेछु । राष्ट्रपति ट्रम्पले अमेरिकाको सम्प्रभुता, सुरक्षा र न्यायको सन्तुलन कायम गरिने बताएका छन् । राष्ट्रपति बनेकै दिन उनले अमेरिका–मेक्सिको सीमानामा राष्ट्रिय संकटकाल घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने कार्यक्रम राखेर ट्रम्पले आप्रवासीहरुप्रति कडा नीति अख्तियार गर्ने अनुमानलाई बल प्रदान गरेका छन् । बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले यो पनि भनेका छन् कि अमेरिकामा अबैधानिक रुपमा बसोबास गरिरहेकाहरुलाई उनीहरुको देशमा फिर्ता पठाइने प्रक्रिया सुरु गरिने छ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस पुग्दा उनलाई ह्वाइट हाउसमा राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले स्वागत गरेका थिए । ट्रम्प पत्नी मेलानियासहित ह्वाइट हाउस पुगेका थिए । सपथ समारोहका लागि दुई राष्ट्रपति क्यापिटल रोटुण्डा पुगेका थिए।


सम्बन्धित समाचार

सीमा प्रहरीको काम खोज्दै गृहमन्त्री

२०८३ श्रावण १४

ताजा नेपाल

सरकारी अराजकतामा रवि दर्शक

२०८३ श्रावण १४

ताजा नेपाल

कहाँ बाँकी भयो अब हस्तक्षेप !

२०८३ श्रावण १४

ताजा नेपाल