Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । ओली सरकार माफीयाहरु र तस्करको निम्ति जति दानी छ त्यो रुपमा समुदायको हितमा निरंकुश भन्ने कुरा नेपाल ट्रष्टको सम्पत्ति यति समूहलाई प्रति रोपनी १७ हजार गोकणेश्वर नगरपालिकाले समुदायीक अस्पतालका निम्ति ५ लाख १३ हजार भडा तोक्नुले छर्लङ्ग बनाउछ । गोकर्ण रिसोर्तले २७ सय ९२ रोपनी कब्जा गरेको छ । त्यहाँ ट्रष्टका अध्यक्ष उपप्रधानमन्त्री इश्वर पोख्रेल जोडिएका छन् ।
गोकर्णमा नेपाल ट्रष्टको नाममा ३७ सय रोपनी जमिन छ । त्यहीँ मन्धे २७ सय ९२ रोपनी जमिन सरकारले ३० वर्षका लागि यति समूहलाई रिर्साेट संचालन गर्न दिएको हो । त्यो कम्पनिले सन् २०५० सभ्म प्रति रोपनी रु १७ हजारको दरले वार्षिक भाडा बुझाउने गर्दछ । तर जनताको सरोकार भएको सामूदायीक अस्पतालको लागि त्यही ठाँउमा ५ लाख १३ हजार प्रति रोपनी भाडा कबुल गर्दा ओली सरकार जनताको हो कि माफीयाको हो छर्लङ्ग बनाउछ । प्रधानमन्त्री पदमा केपि ओली आएपछि ट्रष्टको संचालक समितिबाट गृह, अर्थ, पर्यटन, स्वास्थ, शिक्षा मन्त्रालयका प्रतिनिधिहरुलाई बोर्ड सदस्यबाट हटाएर आफ्ना स्वार्थका लठैतहरुलाई ट्रष्टको बोर्डमा राख्नुको कारण अहिले छर्लङ्ग हुदैछ ।
राष्ट्रको सम्पत्ति माथि यति समूह र थाम सेर्कु समूहलाई दोहन गर्न दिने प्रधानमन्त्री केपि ओलीको नियत माथि शंका उठाउने ठाँउ मिलेको छ । किनकी उनी भाषण जन पक्ष गर्छन् काम माफीया र तस्करहरुको गर्छन् भन्ने कुरो यो व्यवहारले देखाउछ । थाम सेर्कु समूहले दरबार मार्ग र ताहाचलमा कब्जा गरेको सरकारी सम्पत्ति माथिको दोहोन आगामी सरकारले फिर्ता गर्न जरुरी छ । किनकी राज्यले राज्यको मापदण्ड भित्र पर्ने जग्गा जमिन भाडामा लगाउदा न्यायीक दृष्टिले पनि समय अनूकूल हुनु पर्दछ । ओली सरकार यस्ता कुरामा भन्दा कमाइमा जोड दिन सर्किय छ । देशको राजनिति परिवेशलाई आफ्नो स्वार्थमा प्रयोग गर्दा प्राप्त हुने धन खर्च गरेर सांसद खरिद बिक्री गर्ने तर्खरमा प्रम ओली लागेका त छैनन् ? शंका उब्जीएको छ ।
२०८३ जेष्ठ २९
ताजा नेपाल
२०८३ जेष्ठ २९
ताजा नेपाल
२०८३ जेष्ठ २९
ताजा नेपाल