Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ठगी मुद्दाका फरार कसुरदार पक्राउ

काठमाडौं । ठगी मुद्दाका फरार कसुरदार चितवन भरतपुर बस्ने काठमाडौं साङ्ला घर भएका ३२ वर्षीय रविन्द्र अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतको २०७३ असोज ४ गतेको फैसलाले १ बर्ष कैद र २६ लाख ७५ हजार रुपैयाँ जरिवाना ठहर भई सजाय वेरुजु रही फरार भएका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले चितवनबाट पक्राउ गरेको हो । अधिकारीले काठमाडौं गोगंवुमा संचालक समितिका सचिव भै बचत तथा मुद्दती खातामा आकर्षक व्याज दिन्छु भनी प्रचारप्रसार गरी बैकिङ्ग कारोवार संचालन गरेको थिए । अधिकारी लगायत अन्य संचालकहरुले सहकारीका सदस्य बाहेका व्यक्तिहरु समेतसँग नेपाल राष्ट्र बैंकको स्वीकृती नलिई निक्षेप संकलन तथा कर्जा प्रबाह गरेपछि निक्षेप भुक्तानी दिन नसकी कार्यालय बन्द गरी फरार भएका थिए ।
अधिकारीलाई जिल्ला अदालत चितवन मार्फत कैद भुक्तानका लागि कारागार पठाइएको उक्त व्यूरोले जनाएको छ ।


सम्बन्धित समाचार