Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ठग राज्यमन्त्री किन पाल्छ सरकार ?

काठमाडौँ । उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको कम्पनीले गरेको ठगीसम्बन्धी छानविन गर्न बिराटनगरमा स्थानीय प्रशासन सक्रिय भएको समाचार छ । सम्बन्धित सरकारी कार्यालयहरुको अनुमति नलिईकन आफूखुशी आयोडिनयुक्त नुनको ठगी धन्दा चलाएका दुगडलाई नैतिक रुपमा पनि सत्तामा रहने अवस्था थिएन । तर उनी प्रधानमन्त्री केपी ओलीका आम्दानीको स्रोत भएका कारण राज्यमन्त्री पदबाट हट्न परेन ।

प्रधानमन्त्री केपी ओली सबै विषयका विज्ञ हुन् । उनका सल्लाहकारहरू उनीभन्दा विज्ञ छन् । नेताको बदनाम गर्ने प्रम ओलीलाई प्रभू ठान्नेहरूलाई सरकारको तलब सुविधा दिएर गुट बलियो भएकै छैन । प्रम ओलीले सरकारका मन्त्रीहरू नियुक्त गर्दा पार्टीसँग सुझाव लिने काम गरेनन् । प्रम ओलीमा ईश्वरीय गुण थिएन । तर उनले पार्टीका कर्मठ नेताहरूको बदनाम गर्दै नेकपाकै बदनाम गरेका हृदयेश त्रिपाठी, रामेश्वर रायलाई मन्त्री र बदनाम व्यापारी मोती दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनाएका छन् ।

यी पात्रहरू मन्त्री नबन्दा सरकारको इज्जत नरहने होइन । मधेसी मूलका सांसद नेकपामा धेरै थिए । तर प्रम ओलीले असक्षम र भ्रष्टहरूलाई महत्वपूर्ण मन्त्रालय दिलाएर समस्या सुल्झाउने भन्दा झन् बढाउने गरेका छन् । त्रिपाठीले कर्मचारी समायोजनमा चासो दिएका छैनन् । रायले विदेशमा रोजगार गुमाएर अलपत्र परेका नेपालीलाई नेपाल ल्याउन चासो दिएनन् । प्रम ओलीलाई यो थाहा छ । तर उनले विकृतिजन्य धन्दामा सहभागी राज्यमन्त्री दुगडलाई किन बोकेका छन् ? कतै दुगडले राज्यमन्त्री पद पैसाले किनेर आफ्नो अवैध व्यापार बढाउने लाइसेन्स ठानेका त छैनन् ?

दुगडको अपराध
राज्यमन्त्री दुगडको दुगड स्पाइस एन्ड फुड प्रोडक्ट प्रालिले साल्ट टे्डिङसँग स्वीकृति नलिई वाणिज्य विभाग र गुणस्तरबाट अनुमति नलिईकन सेन्चुरी स्प्रिकलर्स टेवल साल्टको व्यापार गर्दै आएका छन् । सेन्चुरी मसला उद्योगबाट उद्योग र व्यापार क्षेत्रमा आएका मोती दुगडले सय ग्राम नुनको रू. ३४ लिँदै आएका छन् । जबकि त्यही तौलको १ केजी नुनको २० मा बेच्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले स्वीकृति पनि दिएको छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र नलिँदै नुन बजारमा पठाएर चाडबाडको मुखमा राज्यमन्त्री दुगडले उपभोक्ता ठग्न थालेको रहस्य यति बेला खुल्यो, जति बेला देशभर स्थानीय प्रशासनले बजार अनुगमन थालेको छ । राज्यमन्त्री जस्तो मान्छे अरूले गरेको अपराधमाथि कडिकडाउ गरेर जनताको सेवक बन्नुपर्नेमा आफैँ उपभोक्ता ठग्न लाग्नु लज्जाको विषय हो । प्रधानमन्त्री केपी ओली यस्तै ठगहरूबाट घेरिएका छन् । यही बेला व्यापारिक घरना सुलभ अग्रवालको ठगी भण्डाफोर भएको छ । अग्रवाल सम्पत्ति शुद्धीकरणमा परेका छन् । उनको कम्पनीका उत्पादनहरू शङ्कास्पद छन् । कतै यो ठगी पनि फस्न हुने हो कि शङ्का छ ।


सम्बन्धित समाचार

रामेश्वर थापा प्रम र देउवाका परमेश्वर

२०८१ आश्विन २३

ताजा नेपाल

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल

प्रम ओलीलाई आफ्नैैले फसाए

२०८१ आश्विन २३

ताजा नेपाल