Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डलरको खेती र समृद्धिको कल्पना

ईश्वरीप्रसाद वाग्ले

नेकपाभित्र एक व्यक्ति एक पदको अवधारणा कार्यान्वयन हुन्छ कि हुन्न भन्न सकिँदैन । नेकपाको नेतृत्वमा पनि केपी ओलीबिना बैठक नचल्ने, निर्णय नहुने, सरकारको निर्णायक भूमिकामा पनि ओलीनै नभै नहुने अवस्था बदल्न अरुबाट होइन विघठित नेकपा एमालेकै तर्फबाट आवाज उठेको छ । माछो देखे दूलोमा हात, सर्प देखे निकाल्नै हतार भने जस्तो आफूले संगठन विभाग प्रमुख, किसान महासंघको अध्यक्ष र पार्टीकै प्रस्तावित उपाध्यक्ष पद पाएपछि सर्लक्कै केपी ओलीको विश्वासी बन्न पुगेका वामदेव गौतम नै हुन् नेकपामा एक व्यक्ति एक पदको विषय उठाउने । अहिले यो एजेण्डा वरिष्ठ नेता माधव नेपालको तर्फबाट आएको छ । यसले पार्टीमा तरंग ल्याएको छ । पदबिना टिक्नै नसक्ने पदका लागि मरिमेट्ने नेताहरूकै कारण गुटको झुन्डले पदलाई महत्व दिएको हो । पार्टी अध्यक्ष ओली सरकार चलाउन अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीको सर्वाधिकार बनाएर जनताकाबीचमा पार्टीका काम लैजाउन् भन्ने आशयले एकव्यक्ति एक पदको अवधारणा आएको हो । सरकारले गर्नु पर्ने काम धेरै छन् । सरकारले पार्टीको साथ नपाउँदा राम्रा काम ओझेलमा परेका छन् ।

प्रधानमन्त्रीले समेत यस्तो यथार्थता बुझेका छन् । तर उनले पार्टीको क्रियाशीलतालाई बाइपास गरिदिएका छन् । सबैलाई थाहा छ ओली गुटको बर्चश्व चम्काएर ईश्वर पारखेलहरू सधैं शासक बन्न चाहन्छन् । एकताबाट आएका पुष्पकमल दाहाललाई अध्यक्ष पद पूर्ण रुपमा सुम्पन हुन्न, पार्टीको नीति पनि जनताको जनवाद होइन, बहुदलीय जनवादनै हो भन्ने पनि ईश्वरनै हुन् । प्रधानमन्त्री ओलीले प्रदेश इञ्चार्ज पनि पार्टी नेतृत्वको सरकार भएका गण्डकी र प्रदेश ५ मा आफ्नै गुटका मुख्यमन्त्रीहरू पृथ्वी सुब्बा शंकर पोखरेललाई दोहोरो जिम्मेवारी दिँदा देखिनै यस्तो विवाद बढेको हो । अहिले सबै प्रदेशका मुख्यमन्त्री दोहोरो पदमा छन् । कार्याकर्ताको चाहना अन्यौल हटाइयोस् भन्ने छ । तर नेतृत्वको ध्यान दोहोरो तेहोरो भूमिका केहीले रजाई गर्ने बहुमत नेताहरू भूमिकाविहीन हुने अवस्थामै चिन्ता बढाउने गरेको छ । एक व्यक्ति एक पदको नीति कार्यान्वयन हुने थियो भने नेकपाको पक्षमा हिजोको जनलहर बच्थ्यो । अहिले स्थिति उल्टिएको छ । सरकारको काम जनप्रिय नबन्दा पार्टीमै अन्यौल जनता र कार्यकर्तामा निराशा जागेको हो । पार्टी र सरकारलाई एकै पटक परिचालन गर्न सके अझै नेकपालाई मौका छ ।

अहिलेको काम गराईले दुई तिहाईको सरकार अब कदापी बन्दैन । केपी ओली नेतृत्वले दुई तिहाईको मक्सद नै बुझेन । नीतिगत भ्रष्टाचार मन्त्रीहरूको संरक्षण नै सरकारका कमजोरी हुन् । हरेक ठाउँमा गुटगत स्वार्थ गुटकै परिक्रमा गुटकै अवसरका कारण अहिले नीति सिद्धान्तमाथि प्रहार भएको छ । अध्यक्षका दुई पद पार्टी एकता तत्कालिन आवश्यकताले उब्जायो । तर एकता भएपछि एक अर्काका मुद्दा मिलेपछि १७ हजारको हत्यारा भन्नु किन प¥यो ? २०२८ सालका तत्कालिन मालेले पनि व्यक्ति हत्या गरेकै हो । त्यो बेलाका साक्षी झापामै छन् । पञ्चायतको अन्त्य बहुदलीय व्यवस्थाको उदयसँगै एमाले बनेपछि झापा काण्ड गल्ती भएछ भनेर स्वीकारिएको हो । हिजोको एमालेले त्यो किन नबुझेको ? भ्रष्टाचारबाट सम्पत्ति जोडेकाहरूलाई माओवादीमाथि रिश हो भने नेकपा इन्सेकबाट सञ्चालित टीम बढी थियो किन माओवादीसँग एकता गर्नुपथ्र्यो ? डलरको खेती जागेकै छ ।

आखिर एकता हुनु अगाडि छलफल भएकै थिए । त्यस्ता छलफलमा एमालेका केन्द्रीय सदस्यहरूले आफ्ना भनाई राखेकै थिए होलान् । केपी ओली माधव नेपाल, ईश्वर पोखरेल, विष्णु पौडेल झलनाथ खनाल, वामदेव गौतमहरूले छलफल गरेकै थिए होलान् ? तर यिनले प्रचण्डविरुद्ध चुत्थो बचन लगाउनेहरूलाई खबरदारी गरेको सुनिएन । सबै पद केपी ओली र उनकै गुटलाई दिने हो भने किन अरुले पार्टी भनेर हिँड्नु प¥यो । ओली आफैंले सबैतिर मै अरुलाई छैन अवश्य भनेका छैनन् । तर उचाल्ने काम किन गरिन्छ बीचमा छौडाहरूबाट ! विवाद बढेकै कारण यही हो । प्रचण्ड अध्यक्ष भए भने उनले सरकारलाई बाइपास गर्ने कुरै हुँदैन ।

मात्र कुरो के हो भने पार्टी र सरकारलाई अहिले सँगसँगै कुदाउनु पर्ने थियो अल्झियो कहाँ ? भ्रष्ट मन्त्री हटाउ गुटको खेती बन्द गर भन्ने कुरा राम्रै हो । असक्षम र भ्रष्टले देश विगारेका छन् । तिनीहरूनै गुटको खेती गरेर प्रचण्लाई दुत्कार्छन् । नीतिगत भ्रष्टाचार गर्न प्रधामन्त्री कार्यालयले नै मन्त्रीहरूलाई छुट दिएको अवस्थामा कसरी रोकिन्छ भ्रष्टाचार ? ठेकेदारहरूलाई च्याप्ने यातायात सेन्डिकेट चम्काउने सुन तस्करहरूलाई न्यायिक क्षेत्रबाट छुट दिलाउने प्रवृत्ति नेकपाकै नेतृत्वको समयमा हुने गरेको छ । एकले सरकार, अर्काले पार्टी चलाउने विषय स्वागतयोग्य हो । त्यसको कार्यान्वयन गर्दा सकिर्ण चिन्तनले हुँदैन उदार हृदय हुनैपर्छ त्यो उदारता ओलीमा छ ?

आखिर राजनीतिमा भेदभाव र पक्षपात देखाइन्छ भने पार्टी नेतृत्वले जस पाउँदैन । नेकपा एमाले र नेकपा माओवादी संघीयता, गणतन्त्र, समावेशीताको मुद्दामा मत मिलाएर पार्टी एकता भएको हो । राजनीतिमा सबै शत्रु हुँदैनन् भन्ने कुरा यो एकताले झल्काइदिएको छ । जनताले कम्युनिष्टहरूको एकता चाहेको हो । पार्टीको आवश्यकता जनताको चाहना पूरा गरेपछि एमाले पंक्तिले प्रचण्डलाई ताछेर मनपरी भन्ने किन ? के एमाले नेतृत्व दूधले नुहाएको माओवादी मात्र अपराधी हो ? किन छानविन भएन दासढुंगा हत्याप्रकरण ? मदन भण्डारीलाई जननेता भन्नेले भण्डारीको नाउमा लुट्न सफल हुनेहरूले देशमा गणतन्त्र संघीयता, समावेशीताको एजेण्डा कस्को हो ? त्यो एजेण्डामा विदेशी डलर खाएर आफूले साथ दिएको स्वीकार्नु पर्दैन । यो सत्य त नेतृत्वमा भएका राजनीति बुझेका सबैलाई थाहा छ नि ?