Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डा. केसीसँग गरिने सहमतिको मस्यौदा पढ्दै प्रधानमन्त्री

काठमाडौं। लाचार बनेर डा. गोविन्द केसीको अनसन पचाउन तयार भएको सरकारलाई सबै स्वास्थ्यकर्मीले कडा चेतावनी दिएपछि बाध्य भएर फेरि एक पटक झुक्याउने तयारी भइरहेको छ ।

अनशनरत डाक्टर गोविन्द केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिबीच हिजो राति अवेरमा तयार पारिएको सहमतिको मस्यौदा प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ पुगेको छ । वार्तामा सहभागी नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्कीले दिएको जानकारीअनुसार दुवै तर्फका प्रतिनिधिबीच हिजो अवेर राति भएको सहमतिको मस्यौदा प्रधानमन्त्री ओलीसमक्ष पुर्याईएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मस्यौदाको अध्ययन गरेपछि सरकारी वार्ता टोलीमा उक्त मस्यौदा फिर्ता आउने र सरकारी वार्ता टोलीले नै आज वार्तामा बस्ने वा नबस्ने भन्नेबारे तय हुनेछ ।

विभिन्न ६ बुँदे माग राखि डाक्टर केसी २६ दिनदेखि अनशनमा छन् । अहिलेसम्म सरकारको तर्फबाट शिक्षा सचिव गोपी मैनालीबाहेक कोही पनि केसीलाई भेट्न गएका छैनन् ।