Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डा.सापलाई लोसपा निम्तो !

काठमाण्डौ । नेपाली काँग्रेसमा हुदैमा गणतन्त्रवादी बन्दा कारबाहीमा परेका महन्त ठाकुर नरहरी आचार्यको राजनीति धरातल लोकतन्त्रले फेरिदियो । काँग्रेसी कालमा गिरिजाले जे भन्यो त्यो कानून ठानिन्थ्यो । अहिले एमालेका अध्यक्ष केपि ओलीको पारा उस्तै छ । गिरिजाले भारतीय भनेका महन्त ठाकुर लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष छन् । दरवारवादी भनेका गगन थापा र नरहरी आचार्य काँग्रेसमै छन् ।

आचार्य शारिरीक रुपले सकृय छैनन् । तर गगन थापा भने कृषि व्यापार आयोजनाको अनुदानले दिलाएको करोडौ झ्वाम पारेर नक्कली बाख्रा पालक बनेर पनि काँग्रेसको महामन्त्री भएका छन् । काठमाण्डौ निर्वाचन क्षेत्र नं. ४ को विकासमा भन्दा उनको ध्यान अहिल्यै, तत्काल, झट्टै समस्याको विकास खोज्ने जादूतिर गएको छ ।

त्यो पनि शेरबहादुर देउवा जस्तो असफल पात्रसँग माओवादी जनयूद्दको नेतृत्व गरेर संविधान जारी गर्दाको कमा र पूर्णविराम हेरेर संविधान घोषणा भएकै दिन मधेसमा आगो झोस्न गएका डा.भट्टराईको टोन मिलेका महन्त ठाकुरसँगको सम्बन्धलाई उपेन्द्रले त्यो बेला टिक्न दिएनन् । उपेन्द्रले पार्टी फूटाए । डाक्टर उपेन्द्रतिर लागे । अहिले फेरि तीनैले लोप्पा दिदा डाक्टरको लागि दक्षिणकै इशारामा पार्टी चलाउदै आएका महन्तसँग मिल्न सहज बन्दैछ । तर त्यो सहजता असार २९ र ३० गतेको केन्द्रीय समितिको बैठक पछि खुल्ने छ ।

उपेन्द्रले जसपामा भट्टराईलाई साथ दिएका प्रदिप, महेन्द्र, इस्तियाक राई र मृगेन्द्र यादवलाई मन्त्री बनाएर रेणु यादव, महेन्द्र यादव, राम सहाय प्रसाद यादवको झण्डा खोसी दिएका छन् । सत्ताको लागि विचार सिद्दान्त नीति आर्दश समेत त्याग्ने स्थितीमा माओवादी पुगेको बेला मधेसलाई नै राजनीतिक आधार बनाएकाहरुबाट ठूलो अपेक्षा गर्नु हुदैन ।

गठबन्धन सरकारका प्रधानमन्त्री शेर बहादुर देउवाले चुनावी सरकार सर्वदलीय बनाउने भन्दै गर्दा सांसद नै नभएका गोविन्द बन्दीलाई मन्त्री हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाए झै कति जनालाई मन्त्री बनाउने हुन् थाहा छैन । तर महन्तले नेतृत्व गरेको पार्टी लोसपा सरकारमा जान खुट्टा उचालेको छ । डा.भट्टराईको सत्तारुढ दलको नेता भइरहने पूर्व प्रमको सेवा सुविधा पनि रहिरहने लोकतन्त्रको भने बदनाम गर्ने क्रम बढेको छ । महन्त ठाकुरको त्यही सोच विचारमा राजेन्द्र महत्तो जस्ता भष्मशुरसँग डाक्टरको सम्बन्ध कस्तो हुन्छ भोलीले बताउने छ ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल