Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अर्ध सैनिक बल सशस्त्र प्रहरीले आफ्नो २४औं वार्षिक दिवस पारेर बाहिनी र उत्कृष्ट इकाईका प्रमुखहरूलाई सम्मान गरेको छ । आफ्नो वार्षिक दिवसमा संगठनले आन्तरिक मूल्यांकनबाट उत्कृष्ट सेवा पु¥याएबापत डिआईजी गणेश ठाडा मगर र एसएसपी माधव पौडेलसँगै सहप्रवक्ता डिएसपी शैलेश थापालाई पुरस्कृत गरेको हो भने निरीक्षक सुरज पौडेल सम्मानित गरिएका हुन् । कार्यक्षेत्रमा अब्बल देखिएका अधिकृत तथा जवानहरूलाई संगठनको वार्षिक उत्सवमा पुरस्कृत गर्नु सुरक्षा फौजको नियमित प्रक्रिया हो । संगठनले तयार गरेको राज्यले दिएको अधिकार क्षेत्रभित्र बसेर आफ्ना बाहिनी र इकाईलाई उत्कृष्ट बनाउन सफल हुनु छुट्टै आनन्द हो । सशस्त्र प्रहरीका डिआईजी मगर ०७८ मा पनि छिन्नमस्ता बाहिनीको प्रमुख हुँदा यसरी नै सम्मानित भएका थिए भने यस पटक गढीमाई बाहिनी मुख्यालयमा बाहिनीपतिको नाताले सम्मानित भएका हुन् । आफ्नो कार्यक्षेत्रमा अब्बल हुने बहिनीपतिको सूचिमा यस पटक पनि ठाढा पहिलो भए भने विपद व्यवस्थापन इकाई कुरिनटारका प्रमुख माधव पौडेल त्यहाँ जोडिएका छन् । सगरमाथा आरोहण गर्ने निरीक्षक सुरज पौडेल पनि संगठनबाट सम्मानित भएका छन् । शान्ति सुरक्षा, दंगा नियन्त्रण सीमा क्षेत्रको रेखदेख, दैवी विपत्ति तथा उद्दार, सीमा स्तम्भको सुरक्षा लागू औषध ओसार पसार नियन्त्रणसँगै मानव बेचविखन र राजश्व चुहावटमा समेत निगरानी बढाएको सशस्त्रले सेवारत कर्मचारी र भूपुहरूको हितमा पनि नीतिगत निर्णय गरेको छ । संगठनको नेतृत्व टीममा चल्दा संस्थागत इज्जत बढ्छ भन्ने कुरा आईजीपी एआईजीहरूदेखि डिआईजीमा मात्र सीमित हुँदैन । निर्देशन दिने र पालना गर्नेहरूबीचको एकरुपताले नै संस्था बलियो हुने कुरा आईजीपी राजु अर्यालका भनाईले सिद्ध गर्छन् । कार्यक्षेत्र थप्ने तर आवश्यक जनशक्ति थप नहुने सरकारी रवैयाको हरेक वर्ष सर्वत्र विरोध हुने गर्छ । तर फौजी जनशक्तिमाथि राजनीतिक हस्तक्षेप गरेर राम्रो भन्दा हाम्रो रुचाउने काँग्रेस र एमालेको चरित्रबाट सुरक्षा समूहका प्रमुखलाई भन्न नहुने बेथा सारो भएको छ । गृहमन्त्री रमेश लेखकले सशस्त्रमा गयो त्यसकै प्रशंसा गर्ने नेपाल प्रहरीमा जाँदा उसकै प्रसंसा गर्ने तर दुवै संस्थामा सुदूरपश्चिमेको हैकम देखाउन खोज्ने प्रवृत्ति नियन्त्रण गर्दैनन् भने बोलेको अर्थ रहँदैन ।
२०८१ माघ १७
ताजा नेपाल
२०८१ माघ १७
ताजा नेपाल
२०८१ माघ १७
ताजा नेपाल