Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

डिएसपीसाब कहाँ गयो सुनको बाला ?

काठमाडौं । नेपालीमा उखानै छ, धन देखेपछि महादेवका त्रिनेत्र । यस्तै धनको लोभमा फस्दा महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्का विवादमा तानिएका छन् । ६ ओटा सुनको ब्रासलेट लुटपाटमा संलग्न समूहलाई छाडेर खड्काले घट्ना गुपचुप राखेको घटनामा काठमाडौं प्रहरीले उनिमाथि छानविन शुरु गरेको छ । पुस १० मा सामाखुसीबाट दोलाखाका संयोग कार्की र सुवास तिमिल्सिनासहित ५ जनाले बेच्न खोजेको ३० तोला सुन लुटिएको थियो । लुटका योजनाकार मध्येका सुर्खेतका दीपक नेपालीलाई नयाँ बसपार्क प्रहरीले पक्रेर महानगरीय प्रहरी वृत्त महराजगञ्जमा बुझाएको थियो । तर, खड्काले नेपालीमाथि अनुसन्धान नगरी छाडेको पीडितको आरोप छ । संयोगको समूहलाई पनि ‘बिना बिलको सुन बोक्ने ?’ भन्दै डिएसपी खड्काले धम्की दिएर सुन गुपचुप पारेको बताइएको छ ।