Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्था सुरक्षामा नयाँ मोडल लागू गरेको छ । उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेश राज मैनालका अनुसार यो वर्ष ड्रोनवाट सुरक्षा निगरानी हुनेछ । यो वर्ष ७६३३ सुरक्षाकर्मी उपत्यका मातहतमा परिचालन हुनेछन् । ट्राफीक प्रहरी अपराध अनुसन्धान र तीनै जिल्लाका प्रहरी परिसर यसमा जोडिएका छन् । उपत्यका प्रहरीले सिसी टिभीलाई विगत देखि नै जोड दिएको हो ।
प्रहरीले सुन पसल बैंक तथा वित्तीय संस्थामा सादा पोशाकका प्रहरी खटाएको छ । यस पटक केनाइन क्लबका कुकुर समेत सकृय गराउन प्रहरी लागेको छ । रिजर्व फोर्स तयारी अवस्थामा राख्ने मोवाइल गस्ती सकृय बनाइने काम प्रहरीका नियमित कार्यक्षेत्र हुन् । एआईजी दिपक थापाले उपत्यकाको नेतृत्व लिएपछि भृकुटी मण्डपमा काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथी राप्रपाका कार्यकर्ताले खुकुरी प्रहार गरे भने तिनकूनेमा ३ जनामाथी खुकुरी प्रहार गरी ज्यान लिइयो । यी दूवै घटनाका अभियुक्तहरुलाई तत्कालै पक्राउ गर्न प्रहरी सफल भएको छ ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल