Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ढुलमुले वामदेव, डुलेको डुलै

काठमाडौं । आफ्नो स्वार्थका निम्ति नौथरि मुद्दा उठाउँदै कहिले प्रचण्ड, कहिले माधव, कहिले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रस्तुत हुने उपाध्यक्ष वामदेव गौतम स्थायी समितिको पछिल्लो बैठकबाट पंगु बन्ने बाटोमा लागेका छन् । उनले प्रधानमन्त्री केपी ओली समक्ष पेश गरेको ६ बुँदे आशय पत्रका बारेमा नेताहरुले त्यति महत्व दिएका छैनन् । वामदेवलाई राष्ट्रियसभाको सांसद बन्ने आशा पनि मरेको छैन, संविधानमै नभएको राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने सपनाबाट पनि उनी ब्यूझिएका छैनन् । नेकपाको स्थायी समिति अहिले अन्योलमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको टिमद्वारा मंगलबार बहिष्कार गरिएको स्थायी सििमतको बैठकले पनि त्यस्तो कुनै निर्णय गर्न सकेन । बैठकले केबल अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री ओलीबीच बिग्रेको सम्बन्ध सुधार गर्ने जिम्मेवारी अध्यक्ष दाहाललाई नै सुम्पेको छ । एजेन्डा बिनाको यो लडाईमा उपाध्यक्ष वामदेव गौतम भकुण्डो जस्तो बनेर कहिले यता त कहिले उता चाहार्दा राजनीतिक माहौल झनै बिग्रिएर गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको मनोमानी अन्त्य गर्ने एक किसिमको तयारी भइसकेको अवस्थामा के आश्वासन पाएर फेरि वामदेव फसे ? जबकि यसअघि पनि वामदेवलाई पटक पटक फसाइएकै हो । केटाकेटीलाई लालिपप देखाए जसरी कुर्सीको आश्वासन दिएर आफ्नो स्वार्थ पूरा गर्न खप्पिस केपी ओलीले यस पटक गौतमलाई उपप्रधान तथा रोजेको मन्त्रालय दिने आश्वासनपछि फेरि वामदेवले आफ्नो सक्कली चरित्र प्रदर्शन गर्दै उदारो सहमतिमा हस्ताक्षर गरेका छन् । यस पटकको सहमति पनि उनका लागि फोस्सा सिवाय केही हुनेछै । जति हण्डर खाए पनि नचेत्ने चरित्रको उपमा नै पाएका वामदेवको दोधारे चरित्रले गर्दा उनका पक्षमा खुलेर लागेका नेता तथा कार्यकर्ता पनि अहिले माधव नेपाल र पुष्पकमल दाहालको पक्षतिर ढल्किन थालेका छन् ।