Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तत्काल पछि हट्न बागीलाई गठबन्धनको कडा निर्देशन

काठमाडौं । सत्ता गठबन्धनले पाँचदलिय गठबन्धनबीच केन्द्रबाट भएको सहमति विपरित दर्ता भएका उम्मेदवारीहरु तत्काल फिर्ता गर्न पुनः निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुसहितकोे बैठकले ६ महानगर र ११ उपमहानगरका प्रमुख र उपप्रमुख पदमा भएको सहमति विपरित स्वतन्त्र रुपमा दर्ता भएका उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो ।
यसैगरी, गठबन्धन विपरित विभिन्न दलका प्रतिनिधिहरुले स्वतन्त्र रुपमा दर्ता गरेका उम्मेदवारीहरु तत्काल फिर्ता गर्न निर्देशन दिएको हो । गठबन्धनको बैठकले पाँचदलिय गठबन्धन बाहेकका दलहरु सँग भएका तालमेल तत्काल खारेज गर्न पनि निर्देशन दिएको छ । र गठबन्धन बाहिरका तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने पनि बैठकले निर्णय गरेको छ ।
भरतपुरमा महानगरमा गठबन्धनको मेयरको उम्मेदवार रेणु दाहालविरुद्ध नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । पौडेलले उम्मेदवारी फिर्ता लिन नमानेपछि दोस्रोपटक गठबन्धनले बागी उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो ।