Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तिरुपति मन्दिरमा चढाइन् भरना थापाले कपाल

काठमाण्डौ । झरना थापा मंगलबार राष्ट्रपति कार्यालयमा चलचित्र विकास बोर्डद्वारा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार समारोह’मा नयाँ लुक्समा देखिँदा धेरैको ध्यान खिच्यो । उनी छोटो कपालमा देखिएकी थिइन् । जसले गर्दा उनले कपाल काट्नुको रहस्यबारे धेरैले चासो राखेका थिए । खासमा उनले कपाल काटेको नभइ खौरिएकी रहेछिन् ।
उनले २ महिना अगाडि भारतको आन्द्र प्रदेशमा रहेको विश्वकै प्रख्यात तिरूपति बालाजी मन्दिरमा कपाल चढाएको जनाइएको छ । उक्त मन्दिरमा कपाल चढाएपछि मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । तीर्थालुले बालाजी मन्दिरमा कपाल दान गर्दा १० गुणा बढी धन लाभ हुने र लक्ष्मीको सधैंभरि कृपा रहने विश्वास रहिआएको छ । त्यसैले झरनाले पनि उक्त मन्दिरमा कपाल दान गरेकी हुन् ।
राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा विशेष योगदान सम्मान प्राप्त गरेकी उनी केही दिनअघि एक पत्रकार भेटघाट कार्यक्रममा भने कपाल लुकाएर प्रस्तुत भएकी थिइन् । धर्मकर्ममा आस्था र विश्वास राख्ने उनले आफ्ना हरेक चलचित्रको साइत हेराएर वा पूजाआजा गरेर मात्र निर्माणदेखि प्रदर्शन गर्ने गर्छिन् । र, निर्देशनमा होमिएदेखि उनलाई चलचित्रको व्यावसायिक सफलता पनि टुटेको छैन ।
झरना निर्देशित नयाँ चलचित्र ‘एक भगवत् गीता’ आगामी भदौ २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । ‘ए मेरो हजुर’को तीनवटा सिरिजबाट हिटमा ह्याट्रिक गरेकी उनलाई यसपटक पनि हिटको दबाब छ । पोस्टर तथा टिजरले एकखालको चर्चा बटुलिसकेको चलचित्रमा सुहाना थापा, विपिन कार्की र धीरज मगरको मुख्य भूमिका रहेको छ । चलचित्रमा विपिन ‘ट्रान्सजेन्डर’को भूमिकामा छन् ।


सम्बन्धित समाचार

सुहाङले लिए शपथ

२०८१ बैशाख २६

ताजा नेपाल

ओलीको योजनाले माधव पाखा लाग्ने

२०८१ बैशाख २६

ताजा नेपाल