Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तीजको नाचमा झडप, एक युवकको ज्यान गयो

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा तीजको नाच हेर्नेक्रममा दुई समूहका युवाहरुबीच झडप हुँदा एक युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० बोमेखोलामा तीजको नाच हेर्ने क्रममा दुई समूहका युवाबीच झडप भएको थियो। सो झडपमा परि अन्दाजी २४ वषीय रोशन जिसीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार झडपमा ढुंगा प्रहार हुँदा जिसीको घटनास्थलमै मृत्यु भएको हो। टाउकोमा गम्भीर चोट लागेका जिसीको मृत्यु भएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरी प्रवक्ता एवमे डिएसपी सुरज कार्कीले जानकारी दिए।