Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । संसद्मा जारी गतिरोध अन्त्य र संसदीय समितिको भागबन्डा मिलाउन प्रमुख तीन दलका शीर्ष नेताहरू पुनः छलफलमा जुटेका छन् । संसद् भवन नयाँ बानेश्वरमा सोमवार अपराह्न शीर्ष नेताहरू पुन छलफलमा जुटेका हुन् ।
बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् । सभामुखको कार्यकक्ष सिंहदरवारमा आजै दिउँसो तीन नेताबीच २ घण्टा लामो छलफल चलेको थियो ।
विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको एक क्विन्टल सुन सम्बन्धमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको मागमा सत्तापक्ष सहमत नहुँदा गतिरोध अन्त्य भएको छैन ।
दलहरूबीच सहमतिको प्रयास जारी रहेको भन्दै दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधि सभा बैठक ४ बजेका लागि सारिएको छ । ४ बजे बल्ल शीर्ष नेताहरू छलफलमा जुटेकोले बैठक फेरि पनि निर्धारित समयमा बस्न नसक्ने भएको छ ।
सुन तस्करीको उच्चस्तरीय छानबिन माग गर्दै एमालेले साउन १० गते प्रतिनिधि सभा अबरुद्ध गरेको थियो । त्यससताका बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल