Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तीन राजदूतको बाटो खुल्यो

काठमाडौँ । संसदीय सुनुवाइ समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित तीन राजदूतलाई सर्वसम्मत अनुमोदन गरेको छ। बिहीबार सुनुवाइपछि समितिले अमेरिकाका लागि प्रस्तावित डा युवराज खतिवडा, बेलायका लागि प्रस्तावित लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित डा निर्मलकुमार विश्वकर्मालाई सर्वसम्मत अनुमोदन गरेको हो।

समितिमा तीनै राजदूतले आफ्नो कार्ययोजना र सांसदहरुको प्रश्नको जवाफ दिएका थिए। उनीहरुले द्धिपक्षीय सम्बन्धलाई प्रभावकारी बनाउँदै आर्थिक कूटनीतिमा विशेष ध्यान दिने बताए। यस्तै, पर्यटन प्रवद्र्धन, वैदेशिक लगानी प्रवद्र्धन, व्यापार घाटा न्यूनीकरण लगायतमा पनि भूमिका खेल्ने प्रतिवद्धता जनाए।

तीनै प्रस्तावित राजदूतहरुले एकअर्का देशबाट उच्चस्तरीय राजनीतिक भ्रमणका लागि पहल गर्ने पनि प्रतिवद्धता जनाएका छन्। सुनुवाइ समितिले अनुमोदन गरेसँगै अब नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।


सम्बन्धित समाचार