Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तीव्र गतिका कारण गाडी दुर्घटना, चालक फरार

काठमाडौं । सल्यानमा २० जना सवार फोर्स गाडी दुर्घटनामा परेको छ। आज बिहान नेपालगन्जबाट दसैँका यात्रु लिएर रुकुम पश्चिमतर्फ जाँदै गरेको लु २ ख ५००२ नम्बरको गाडी सल्यानको कुमाख गाउँपालिका ३ गुरेली खोलास्थित देवस्थान चौरजहारी भित्री सडकमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी इन्सपेक्टर रेशमबहादुर खत्रीले जानकारी दिए । दुर्घटनामा १६ जना घाइते भएका छन्, घाइतेमध्ये चारजनाको अवस्था गम्भीर भएकाले उपचारको लागि बाहिर पठाएका छौँ। आज बिहान ४ बजे ब्रेक फेल भएपछि गाडी भित्तामा ठोक्किएर दुर्घटनामा परेको हो। दुर्घटनामा रुकुमको चौरजहारी नगरपालिका(१ का ३३ वर्षीय त्रिलोचन गिरी, सल्यानको कुमाख गाउँपालिका ३ का सन्तोष राना, बसन्त भारती,गीता बुढा, बसन्ता भारती, कुमाख गाउँपालिका १ की बिष्णु चन्द, घनश्याम केसी, पारस भारती, सम्झना भारती, हरि सुनार, विनोदनाथ योगी, विनितानाथ योगी, सलिना शाही, दिपकनाथ योगी, सुजाता बुढाथोकी र बिन्दु लमिछाने घाइते भएका छन्। घाइतेमध्ये ३२ वर्षीया गीता बुढाथोकी र ३३ वर्षीय त्रिलोचन गिरीसहित चार घाइतेको अवस्था गम्भीर छ। गम्भीर घाइतेलाई थप उपचारको लागि नेपालगन्ज लगिएको छ। अन्यको चौरजहारी मिसन अस्पतालमा उपचार भैरहेको खत्रीले जानकारी दिए।
दुर्घटनापछि गाडी चालक कुमाख गाउँपालिका ३ का २२ वर्षीय वसन्त बुढाथोकी फरार भएका प्रहरीले जनाएको छ । तीब्र गतिका कारण ब्रेक फेल भएर गाडी दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।