Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

थापाथलीमा १८० मा तीन किलो प्याज

काठमाडौं । भारतले प्रतिबन्ध लगाएपछि एकाएक महंगिएको प्याज सरकारले सस्तो मूल्यमा बिक्री गर्न थालेको छ । खाद्य व्यवस्था तथा बजार कम्पनीमा सहुलियत मूल्यमा प्याज किन्न उपभोक्ताको भिड लागेको छ । बजार अनुगमनको क्रममा जफत गरिएको प्याज कम्पनीले शुक्रबारदेखि प्रतिकिलो ६० रुपैयाँमा एक व्यक्तिलाई तीन किलोसम्म बिक्री गर्न थालेपछि सर्वसाधारणको भिड बढेको हो ।
बजारमा अहिले प्याजको मूल्य प्रतिकिलो १४० रुपैयाँ भन्दा माथि छ । त्यसैले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सस्तोमा बिक्री गरेपछि धेरै टाढादेखि मानिसहरु आएका छन् । एक जनालाई बढीमा ३ किलोसम्म प्याज बिक्री गरिएको छ । बजार मूल्य भन्दा प्रतिकिलो ८० रुपैयाँ कममा सरकारी कम्पनीले प्याज बिक्री गर्न थालेपछि कोरोना जोखिमकाबीच उपभोक्ताहरु लाइन लागेका हुन् । सरकारी कम्पनीबाट प्याज खरिद गर्दा उपभोक्ताले बजार मूल्यको तुलनामा दुई सय चालिस रुपैयाँ बचत गर्छन् । अघिल्लो साता बजार अनुगमनको क्रममा बल्खु तथा कालीमाटी बजारमा लुकाएर राखिएको झण्डै १२ हजार किलो प्याज सरकारले जफत गरेको थियो । सोही प्याज सहुलियत मूल्यमा बिक्री गरिएको हो ।


सम्बन्धित समाचार