Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दक्षिणकै रिमोटमा माधवको माखेसाङ्लो

काठमाडौं । माधवकुमार नेपालको सल्लाहअनुसार भारतको बिहारबाट केपी ओलीले मोहनचन्द्र अधिकारीलाई फिर्ता ल्याई रौतहटमा पार्टी कामको सम्पर्कमा जाँदा मोहनचन्द्र अधिकारी र केपी ओली दुवैजना २०३० असोज २२ गते रौतहटबाट पक्राउ परेका थिए । माधव नेपाललाई भेट्नासाथ पक्राउ पर्नुलाई त्यतिबेलै अर्थपूर्ण रुपमा लिइएको थियो ।

जसको कारण केपी ओली १४ वर्ष र मोहचन्द्र अधिकारी १६ वर्ष ९ महिना जेल बसे । कतै माधव नेपालकै सुराकीमा ओली र मोहनचन्द्र गिरफ्तार परेका त होइनन् ? उनै माधव नेपालले २०४५ सालमा तत्कालिन मालेको ललितपुरको च्यासलमा बसेको बैठकमा भारतले हतियार दिन्छ, राजा फाल्न लागौं भन्दा मदनले झपारेको कुरा आरके मैनालीले सार्वजनिक गरेका छन् ।

उनै माधव नेपाललाई मदन हत्यापछि एमालेको १५ वर्ष महासचिव बनाउनु अर्को रहस्य छ । यो भन्दा पूर्व नै मालेका संस्थापक महासचिव सीपी मैनालीलाई हटाएर ०३९ सालमा माधवलाई महासचिव बनाउन पहल गर्ने प्रदीप नेपाल अर्का रहस्यका पात्र हुन् । माधव र ओली दुवै प्रदीप नेपालकोमा पटक पटक जानु रहस्यमय छ । माधव नेपाल बोकेर प्रचण्डले नेकपाभित्र खेल्न खोजीरहेको खेल राजनीतिक आत्महत्यातर्फ उन्मुख त छैन ?

आफैंमा प्रश्न चिन्ह खडा छ । माओवादी छापामारलाई भारतको चक्राटामा रअले तालिम दिएको कुरा विवेक शाहले सार्वजनिक गरेका छन् । गोली गठ्ठा दिएको कुरा नन्दकिशोर पुन र भक्ति पाण्डेको पुस्तकमा पनि उल्लेख छ । माधव/प्रचण्ड गठबन्धन माधव नेपाललाई हतियार दिने प्रस्ताव गर्ने र प्रचण्डलाई तालिम र हतियार दिने शक्तिले गराइदिएको त होइन ? याे प्रश्नले नेपालकाे वामपन्थी आन्दोलनलाई घचघच्याएको हुनुपर्दछ ।


सम्बन्धित समाचार