Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दलका प्रमुख सचेतक बोलाएर बालुवाटारमा छलफल

काठमाडौं, माघ २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिव लगायतसँग छलफल सुरू गरेका छन्। केहीबेर अघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको हो । प्रतिनिधि सभा बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।