Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दशैं आसपास उपत्यकामा कोरोना भयावह हुने

काठमाडौँ । कोरोना संक्रमणको दर राजधानीमा बढिरहेको छ । सिंगो देशको संक्रमितमध्ये आधा संक्रमण राजधानीमा भइरहेको बेला काठमाडौँ उपत्यका मेयर फोरमले काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमणले भयावह अवस्था आउन थालेको निष्कर्ष निकालेको छ । बढ्दो संक्रमण र सबै क्षेत्र खुला रहेकाले अवस्था भयावहतर्फ गइरहेको फोरमको निष्कर्ष छ ।

फोरमका सचिव तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले अबको केही दिनमा अवस्था भयावह हुने देखिएकाले सबैजनाले सतर्कताले अप्नाउन आग्रह गरेका छन् । श्रेष्ठले भने, अवस्था झन् भयावह हुँदैछ । सबैजनाले सतर्कता अप्नाउनु पर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक्टिभ संक्रमितको संख्या २५ हजार पुगेमा फेरि लकडाउन गर्न सरकारलाई सुझाव दिएको भोलिपल्ट फोरम सचिव श्रेष्ठले २५ हजार संख्या कुरेर बस्न नहुँने बताए । अहिले सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ ।

सरकारले संख्या गनेर बस्नुभन्दा पनि सतर्कताका लागि आवश्यक पहल लिनुपर्नेमा उनको जोड छ । उनले भने, ‘संख्या गनेर बसेर हुँदैन । सरकारले थप सतर्कता अप्नाउनु पर्छ । दसैँको आसपास उपत्यकाको अवस्था भयावह हुने अवस्था छ ।’ पछिल्लो समय देशभर दैनिक हुने संक्रमितमध्ये झण्डै ६० प्रतिशत काठमाडौँ उपत्यकाका रहेका छन् । फोरमले कोरोनाको अवस्थाका विषयमा छिट्टै छलफल गर्ने तयारी गरेको छ । बैठक बसेर नयाँ खालको निर्णय गर्नेगरी अनौपचारिक संवाद भएको श्रेष्ठको भनाइ छ ।