Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दिल रोएको बेलामा लक्ष्मणको संगीत

काठमाडौं । संगीतकार लक्ष्मण पोखरेलको संगीत रहेको दिल रोएको बेलागीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सो म्यूजिक भिडियोअविदित फाउन्डेसनले सार्वजनिक गरेको हो ।

यसगीतमा प्रसिद्ध गायक स्वरुपराज आचार्य र अन्जु पन्तले स्वर दिएका छन् । नारायण रेग्मीको शब्द रहेको यस गीतको म्यूजिक भिडियोमा नायिका शिल्पा पोखरेल र मोडल अनुपजंग थापाले अभिनय गरेका छन् ।

म्यूजिक भिडियो ओएसआर डिजिटल मार्फत् सार्वजनिक गरिएको हो । यस गीतमा अशोक थापाको संगीत संयोजन, मनोज डंगोलको रेकर्डिङ किशोर थापाको मिक्सिङ मास्टरिङ रहेको अविदित फाउन्डेसनका अध्यक्ष अनुपजंग थापा (विचित्र) ले बताए । नेपालीगीत, संगीत संरक्षण गर्ने उद्देश्यले यस फाउन्डेसन स्थापनागरिएको हो । फाउन्डेसन नेपालीगीत, संगीतको संरक्षण गर्नुका साथै सामाजिक कार्यमा पनि सक्रिय छ । गीत संगीतबाट आएको आम्दानीफाउन्डेसन मार्फत् परोपकारी कार्यमाकामखर्च गर्दै आएको अध्यक्ष थापा बताउँछन् ।

लामो समयपछि मिठो गीतदर्शक श्रोतामा ल्याउन सफल भएकोमा गायक स्वरुपराज आचार्य, गायिका अन्जु पन्त संगीतकार लक्ष्मण पोखरेल गीतकार र नारायण रेग्मीखुसीभएको अध्यक्ष थापाले बताए। यस गीतको म्यूजिक भिडियो मुकेश हुमागाइले छायाङ्कन गरेकाहुन् ।यसमाराहुल बराइलीको कोरियोग्राफी,बिनोद बमको सम्पादन र कलर, सरगमगाहाको मेकअफ रहेको छ । चर्चित निर्देशक कृष्णदेव रुपाखेतीले सो म्यूजिक भिडियोको निर्देशन गरेकाहुन् ।


सम्बन्धित समाचार

गीताले ल्याइन ‘दियो कलश’

२०८१ बैशाख २१

ताजा नेपाल