Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुई तिहाईको झगडाले चौथो जसपाको भाग्य बल्ने

काठमाडौं । दुई तिहाई बहुमत भएको कम्युनिष्टको आन्तरिक कलहले चौथो पार्टीको रुपमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री पड्कायो भने पनि अनौठो नमाने हुने राजनीतिक चलखेल शुरु भएको छ । जसपा नेपाल संसदीय दलको नेता महन्थ ठाकुरलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको छ । सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा संसदीय दलको नेता चयनको एजेण्डा छ । राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म पनि संसदीय दलको नेता चयन गर्न नसकेको अवस्थामा आज बस्ने बैठकले नेता चयनको तयारी गराएको छ । पार्टी स्रोतका अनुसार अहिलेसम्म संसदीय दलको बैठकको अध्यक्षता गर्दै आएका पार्टीका अध्यक्ष ठाकुरलाई दलको नेता चयन गर्नेगरी तयारी अगाडि बढेको छ। यद्यपि दलको नेतामा अध्यक्ष उपेन्द्र यादवसहित संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो समेतले दावी गर्दै आएका छन् । अहिलेसम्म उनीहरुले खुलेर पार्टी बैठकमा आफ्नो दावेदारी प्रस्तुत नगरेको स्रोतको भनाइ छ । जसपाको ३४ सांसद मध्ये बहुमत सांसद ठाकुरको पक्षमा रहेको दावी गरिनुले पनि उनको सम्भावना बलियो रहेको नेताहरुको भनाइ छ ।