Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुई दर्जन जुवाडे पक्राउ

काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका–२३ धापाखेलस्थित सोही महानगरपालिका–८ पाटन बस्ने ३७ वर्षीय रंजित महर्जनको डाउनटाउन अपार्टमेन्टको ५१० नम्बरको कोठामा कौडा खेलिरहेको अवस्थामा महर्जन लगायत १२ जनालाई नगद ८ लाख ४० हजार रुपैयाँ,कौडा १६ थान,पासा १ सेट र १ बुक तास सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासी(पूर्व),कावासोती नगरपालिका–८ सभापति चोक बस्ने बुद्दी तामाङको घरमा जुवातास खेलिरहेका अवस्थामा कावासोती नगरपालिका–१६ बस्ने ४० वर्षीय रुद्रमल्ल समेत ९ जनालाई नगद ८१ हजार ७ सय ६५ रुपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार