Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुई लघुवित्तले घोषणा गरे लाभांश

काठमाडौं । चालु आर्थिक वर्षमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । जसमध्ये लगानीकर्ताहरुले चासोका रुपमा हेरिरहेको लघुवित्त संस्थाहरुले पनि लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज नेप्से) मा सूचीकृत लघुवित्त संस्थाहरुमध्ये हालसम्म दुई वटा लघुवित्तले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । आरएसडिसी लघुवित्त र युनिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
युनिक लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै, आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष २०७९÷८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ८६ करोड ९५ लाख ६८ हजार २ सय रुपैयाँको ८.६० प्रतिशत र कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद गरी कूल ९.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुले प्राप्त गर्ने छन् ।