Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दोषी देखिए कोही पनि छुट्दैनन्

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा प्रमाणले दोषी देखिएका जोसुकै भए पनि कारबाही गर्ने बताएका छन् । सोमबार काठमाडौंमा पुस्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्रले गरेको कार्यक्रममा उनले भ्रष्टाचार र अनियमितको प्रकरणमा प्रमाणले दोषी देखिएका जोसुकैलाई कानुनी कारबाही गरिने बताएका हुन् । नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा हिनामिना र १०० किलो सुन बरामद प्रकरणका दोषी उम्कन हुन् कि भन्ने आशंका उब्जिएका बेला उनले दोषी देखिएका सबैलाई कानुनी कारबाही गरिने बताए । निष्पक्ष रुपमा अनुसन्धान गर्न आफूले निर्देशन दिएको जानकारी दिएकाले उनले दोषीलाई छोड्न नहुने र निर्दोष फस्न नहुने गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइने बताए ।