Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धनकुवेर कामरेडहरूको सम्पत्ति छानविन हुने !

काठमाडौं । गत साता बुधबारदेखि माघ १९ गतेसम्मको ५ दिने केन्द्रीय समितिको बैठकले नेकपामा विकृतिका रुपमा मौलाएको गुटबवादको भण्डाफोर गरेको छ । पार्टीलाई जनपक्षीय र जनताको पक्षमा पु¥याउन बैठकका सहभगाीहरूबाट आएको दबाव स्वीकार्न आफूलाई देबता झैं ठान्दै आएका अध्यक्षद्वय बाध्य भएका छन् । जनता, राष्ट्र र राष्ट्रियताको सवालमा सचिवालय समेत ४४६ जनाको केन्द्रीय समिति एक जुट भएको सन्देश दिइएको छ । पार्टी सरकार चलाउने नीतिगत व्यवहारको अनुशरण गर्न गुटको आधारमा सत्ता सञ्चालन गरेका प्रधानमन्त्री र उनलाई घेराउ गरी कार्यकर्ताबाट टाढा राख्दै आएका धुपौरेहरूको समेत दोहोलो काढिएको छ ।

सर्वहारा वर्गको पार्टीले वर्गीय धरातल छाडेर एनजीओ आइएनजीओको भरपर्दा मित्रशक्ति र दुश्मन छुट्याउन नसकेको यथार्यता बैठकमा देखियो । समूहगत छलफलमा सहभागीहरूले प्रस्तुती फरक भए पनि पार्टी र सरकारले देभभक्त बनाउन जोड दिएको थियो । नेकपालाई बदनाम गराउनेमा धनाढ्यहरू छन् । जसले जनयुद्ध जनताको मुक्तिको संघर्षलाई भन्दा यथास्थिति वादको वकालत गर्दै परिवर्तनको झण्डा बोक्न हिच्किचाएको अवस्था थियो । नेकपालाई बिगार्ने पदलोलुप पद भ्रष्ट बनाउने उनीहरू नै थिए ।

पार्टी बैठकमा थामसेर्कु
राष्ट्रको सम्पत्ति रक्षा गर्ने सरकारले निजी समुदायको स्वार्थ पूरा गर्दा कति बदनाम भयो ? प्रधानमन्त्री केपी ओली अहिले बदनाम भएका छन् । ओलीको मुल उद्देश्य गुटको सेवा हो । उनले विषय विज्ञहरू भन्दा दलालहरूलाई सरकारी राजश्व सुम्पेका छन् । भ्रष्टाचारमा कारबाही गर्नु पर्नेलाई सल्लाहकार राख्दा प्रमको सचिवालय झन आलोचित भयो । गुटको कारण राष्ट्रिय सभामा पार्टीका युवाहरू थन्क्याइएका छन् । प्रचण्डले दिनानाथ शर्मा जस्ता भ्रष्टलाई सांसद बनाउन र ओलीले कोमल ओली जस्तालाई काखी च्याप्नु उस्तै हो । सबैलाई थाहा छ, यति समूह हो वायुसेवा निगमलाई धरासायी बनाउने । प्रम ओलीले असक्षम र भ्रष्ट मदन खरेललाई वायुसेवा निगमको कार्यकारी बनाएर निगमलाई ध्वस्त बनाए । ओलीले चाहेको त्यही थियो । किनकि ओली निगमको सुधारमा भन्दा ध्वस्त बनाउन सक्रिय थिए । खरेलको कारण वाइडवडीले जापान, चाइना जस्ता देशका ठूला शहर प्रवेश पाएन । वायुसेसवा निगममा लुट्नेहरू काँग्रेस भन्दा नेकपामै धेरै छन् ।

यति समूहप्रति प्रधानमन्त्री किन लत्रिनु प¥यो ? कति पैसा खाए ईश्वर पोखरेलले यति होल्डिङबाट ? ६ वर्ष समय बाँकी रहँदा थामसेर्कुलाई गोकर्णमा २९२९ रोपनी जमिन मात्र सुम्पिएको छैन । ताप्लेजुङमा ३१७ रोपनी जमिन पनि सुम्पेको छ । ३० वर्षका लागि जमिन दिँदा भाडा कति आउँछ निश्चित छैन । स्थानीय तहमा समेत यति एयर र थामसेर्कुको कब्जा हुँदा राज्य किन खबरविहीन भयो ? यस्ता प्रश्न धेरै उब्जेका छन् । विवाद बढ्दा सरकारले श्वेतपत्र जारी गर्ने भनियो । पार्टी नेतृत्व कति अपराधी बन्न पुग्यो ? दलाल र तस्करको सेवक बनेको नेकपामा यस्तो बदनाम पात्रहरू बढिरहेका छन् । पैसा खाने ईश्वर पोखरेल र खड्ग ओली बदनाम हुने नेकपा ?

अहिले राज्यले उठेको राजश्व खर्च गर्दैन । समयमा राजश्व नतिर्ने विद्युतको महसुसल नतिर्नेहरू धेरै छन् । उद्योगपतिले देशलाई ठगेको कुरा प्रधानमन्त्रीलाई थाहा छ । तर उनी माओवादी पक्षका मन्त्रीहरू असफल र नालायक भएकोमा गर्व गर्छन् । त्यसैले उद्योगका प्रत्येक निर्णयमा ओली र उनको समूहको हस्तक्षेप छ । पार्टी एकता गर्ने तर एकीकृत पार्टीको संरचनालाई वाइपास गरी गुटलाई प्रोत्साहन गर्ने परिपाटी नै अहिले आलोच्य बनेको छ । राष्ट्रलाई ध्वस्त पारेर नीतिगत भ्रष्टाचार गर्नेले म अरुलाई भ्रष्टाचार गर्न दिन्न भन्ने तर अख्तियारको अधिकार खोस्ने किन गरिन्छ ? के का लागि खडा गरियो अख्तियार ? जहाँ ११ अर्ब को सेक्युरिटी प्रेस २३ अर्ब, ८ अर्बको फोरजी सेवा १८ अर्ब खर्च गर्न सरकार तयार हुन्छ ?

निष्ठा र त्यागको राजनीति छाडेर व्यापार व्यवसायतिर लागेकाहरूले पैसा ठूलो देख्दा सर्वत्र नांगिएको अवस्था छ । पार्टीका महासचिव बालुवाटर जग्गा प्रकरणमा पर्छन् । उनमा नैतिकता भएको भए पद त्याग्नु पथ्र्यो । ललित निवास प्रकरण राष्ट्रिय इस्यु हो । देशमा यस्ता समस्या धेरै छन् । सबै समस्या एकै पटक आउँदा लथालिंग स्थिति हुन्छ । अहिले देखिएको त्यही हो । प्रधानमन्त्री र पार्टी अध्यक्षको हैसितले खड्ग ओलीले केन्द्रीय सदस्यहरूलाई चित्त बुझाउन खोजेका थिए । उनको अहंकारकै कारण नेकपाको बदनाम भएको हो । समस्या परेपछि पार्टी सम्झने अघिपछि पार्टीको भाउ नराख्ने अध्यक्ष अ‍ोलीले शुरुमै गल्ती गर्दा पार्टी पनि तहसनहस भयो, सरकार पनि बदनाम भएको हो ।