Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । खेद्नु पर्नेलाई काखी च्याप्ने कमिशन लिने इमान्दारमाथि दमन गर्ने ओली कालको शासकीय धार आज रास्वपाको जान्नेलाई छान्नेमा सरेको छ । लोड सेडिङका बेला २४ घण्टा विद्युत लिने महसुल नतिर्नेसँग हजम गर्ने केपी ओली, विष्णु पौडेल, दीपक खड्का जस्ता ब्वाँसाहरू राजनीतिको मुलबाटोमा रजगज गर्दा झण्डै ८ अर्ब विद्युत महसुल उठाउन बाँकी भएको कुरा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बुझेकै छन् । पिता वीरेन्द्रभक्त श्रेष्ठलाई त्यो बेला काँग्रेसले कति शोषण ग¥यो । जानेर बुझेर स्मरण गरेर रास्वपामा लागेका होलान् । तर संगठन बिनाका बालेन्द्र शाह बोकेर रास्वपाले पाएको जनमतमाथि आज लोप्पा लगाउने काम बालेन्द्रकै सरकार गर्दैछ ।
सरकारले कानुनले नपत्याउने काम गरेको छ । माफिया दिपक भट्ट र अरुण अग्रवालका पौरखमा हिजो केपी ओली जति नाचेका हुन् अरु नाचेनन् । ओलीले आफ्नो पदको बन्दोबस्त गर्न पदाधिकारीहरूको झाँको झारेकै छन् । त्यो पार्टीमा पदाधिकारी भएकाहरू सबै आफ्नो समयमा मन्त्री बन्दा हात चाटेकै थिए । इन्धनको मूल्य बढाउन पाइन्न भने सिंहदरबारमा डोरीको पासो लगाउने घोषणा गर्ने एमालेमै ईश्वर पोखरेल ज्यूदै छन् । शिक्षकहरूलाई धोका दिँदै विद्या भट्टराईले जस लिन्छे भनेर रघुजी पन्त जस्ता खैजेडीलाई शिक्षामन्त्री बनाएको प्रतिफल एमालेले चुनावमा भागेकै छ । रास्वपाले त्यो देखेन । हामी जान्नेका खुद खोर चरित्रका अर्थमन्त्री हिजो ऋण लिँदा विरोध आज ऋण बिना विकास हुँदैन भन्दैछन् । ८ अर्ब भन्दा बढी विद्युत महशुल नतिर्ने सरकारी जंगल कब्जा गरेर रिसोर्ट चलाउने दिपक खड्का जस्ताले विश्वास जितेर कजाएका उद्योगीहरू अधिकांश राजश्व मारा छन् । मन्त्रीहरूनै आफू कर पनि तिर्दैन । सम्पत्ति लुकाएका घटना बाहिर आए तिनै विपक्षी दलका नेता र उद्योगीलाई चोर औंलो ठड्याउँदा आफैंतिर फर्केको तिर प्रमले कति दिन रोक्छन् ? हिजो तिनै उद्योगीको हुर्मत लिँदा भोलि साथ चाहिन्छ भनिएन । आज तिनै दिएको लिइँदै छ । दलका नेता भष्मासुर हुँदा भूकम्पका बेला व्यापारी घटनाबाट नगद भन्दा सामग्री दिलाइयो । डा. रामशरण महतले राहतमा आएको २१ बण्डल टिन बेच्न लाँदै गर्दा काँग्रेसकै अर्को समूहले पक्रिएको कथा छँदैछ ।
यिनले समाजको लाज मानेनन्
वर्तमान सरकारको ढंग छैन । प्रधानमन्त्रीको देश बनाउने सपना बेकारको हो । भएकै कानुन नीति, ऐन प्रयोग गरेर देश हाँक्न नसक्नेले समाजको प्रत्येक वर्गमाथि किन आक्रमण गरेको ? १९६ तोला सुन फेसबुकबाट करोडौं कमाएका प्रमले आफ्नै खर्चमा भग्नावशेषका रुपमा रहेको कुनै स्कुल मर्मत गर्छु, ती विद्यार्थी आउजाउ गर्ने ठाउँमा तत्काल झोलुङ्गे पुल बनाउँछु भन्न सके ? करमुक्त सम्पत्ति प्रमको जति पनि छ । कुन कुन मन्त्रीले सार्वजनिक गरेको सम्पत्तिको कर तिरे ? जनताले थाहा पाउनु परेन ? मृतकलाई कर लगाउने अस्पतालको उपचारमा कर लिने निजी स्कुलको शुल्कमा कर उठाउने उत्पादित विद्युत खेर फोलेर घरासायी खपतमा ५० युनिटभन्दा बढी नबाल भन्ने, ग्यासमा कृतिम अभाव खडा गर्ने यस्तो पौरखी नीतिका अर्थशास्त्रीको राजनीतिक भविष्य भोलि के होला ? डा. स्वर्णिम अझै राजनीति गर्छु भन्ने छैन । प्रधानमन्त्री, अर्थमन्त्री, भौतिकपूर्वाधारमन्त्री, सञ्चारमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधारमन्त्री, सञ्चारमन्त्री, पर्यटनमन्त्री, शिक्षामन्त्रीको आयु अजम्बरी छ ? यिनलाई मर्नु पर्दैन । समाजको डर नभएका यस्ताबाट रास्वपाको इज्जत रहँदैन । सरकारी सांसदको चरित्रले रास्वपाले हामी जान्ने छान्ने भनेर कुर्लेको के अर्थ भयो ? रवि लामिछाने आफैं दागी छन् । अहंकारी, ठगी मुद्दाको छिनोफानो भएको छैन, मैले किस्तीमा दिएको प्रम पद त्यागेको हुँ भनेर मुर्खले पत्याउला पढे लेखेकाले पत्याउँदैन ।
रास्वपाले सिकेको अपराध
जनतालाई तड्पाएर धम्क्याएर मत पाइँदैन । प्रधानमन्त्रीको टिमले आफ्नो कुमर्म पर्दाफास हुँदा तर्साएका धम्क्याएका, धरपकड गराएकाहरूले मौनता साँध्छन् भन्ने लाग्छ भने त्यो जस्तो लम्फू चरित्र अरु हुँदैन । रास्वपाका १८२ सांसदमध्ये ७० प्रतिशत सांसद विवादित छन् । कतिका बाहिर आए, कतिका बाँकी छन् । सरकारको खातामा बाढी पीडितलाई १ लाख २० हजार चन्दा दिएको झूठो समाचार फेसबुकमा प्रचार गर्ने रामेछापका प्रदीप खड्काको चलाखी स्थानीय तहमा नेतृत्व लिने थियो । यस्ताले गरिएको त्यो पार्टीले कस्तो संस्कृति थाल्यो । घरमा गाडी राखेर साइकलमा संसद भवन आउने आशिष गजुुरेल आफैं अपराधमा सहभागी खगेन्द्रले प्रहरी आईजीपीमाथि भ्रष्टाचारको आरोप लगाएर डुक्रिएका शब्द, ज्वाला संग्रौलाको प्रवचन, आफ्नै मतदातालाई जाक्ने केपी खनाल र मणिराम गेलालको चिन्तन, आशिका तामाङ, प्रज्ञा ज्ञवालीको सुझाव हो । विदेशी युवतीलाई गर्भवती बनाएर संसद बैठकमा सहभागी हुन नसक्ने मोरङ ६ का माननीयहरूको अपराध अब रास्वपाको राजनीति धान्छ ? जतिसुकै ठूलो प्रतिस्पर्धा भए पनि दुःखमा चाहिने त देशभित्रकै जनशक्ति हो । रसुवा, नुवाकोटको दैवी विपत्तिमा सेना, प्रहरी, सशस्त्रको भरमा एक साता हेलिकोप्टर चढेर फोटो खिच्नेले खिचे रमाए । आखिर सरकारले थुपारको राहत सडन थालेपछि मात्र स्थिति सहज बनाइएको हो भन्ने सत्य लुक्दैन । सरकार शुरुदेखिनै दलका कार्यकर्ता, जनप्रतिनिधिसँग विश्वासमा चलेको भए दलहरूले पीडितको सहायता प्रम राहत कोषमा पठाउँथे । जसलाई सरकारले सतायो, तिनले उदारता देखाए । रास्वपा जस्तो धनी पार्टीका मन्त्रीहरूले उदारता देखाउन सकेनन् । प्रधानमन्त्री र रास्वपाका सभापतिले ध्यान दिएको खै ?
२०८३ भाद्र २५
ताजा नेपाल
२०८३ भाद्र २५
ताजा नेपाल
२०८३ भाद्र २५
ताजा नेपाल