Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
पोखरा । समाजसेवाको नाममा खडा भएका संस्थाहरुको सञ्चालक राम्रो नपाएपछि बद्नामी सहनु सामान्य मानिन्छ । त्यसको नमूना प्रकाशदीप गैर र सुशीला कट्टेल बनेका छन् । सच्चाइ केन्द्रको नाममा पोखरा महानगर वडा नं. १६ मा भवन भएको केन्द्रले आन्तरिक विवाद चर्काएर आर्थिक हिनामिना गरेको अवस्था छ । ०७२ सालमा रोजीरोटीका निम्ति साइकलमा ग्याँस बोकेर दैलो दैलो पु¥याउने प्रकाशदीपले धार्मिक आस्था र विश्वास भएका रामजी केसी र लक्ष्मी केसी जस्ता सोझा पोखरेलीको विश्वासिलो बनेर जब सच्चाइ केन्द्रमा छिरे त्यसपछि उनले लुट्न थालेको कुरा अहिले आएर छर्लङ्ग भएको छ । गैरेको यो लूट नियन्त्रण गर्न सच्चाइ केन्द्रसँगै लक्ष्मी र रामजीले ईश्वरीय बहु साँस्कृतिक केन्द्र खडा गरेका छन् । यो संस्था खडा भएपछि आफ्नो ब्रम्हलुटको पर्दाफास हुने अवस्थामा गैर छटपटिए र उनले कानुनी रुपमा आफू कमजोर भए पनि प्रमुख जिल्ला अधिकारी र प्रहरी कार्यालयलाई समेत भ्रममा पारेका छन् । संस्थाको नाममा लुट्न पल्केका गैरेले प्रहरी र प्रजिअलाई आफू प्रधानमन्त्री र गृहमन्त्रीको निकट भएकाले कसैले केही लछार्न नसक्ने धम्की पनि दिइरहेका छन् । उनले दलसिंह खत्री नामका व्यक्तिलाई खटाएर सच्चाइ केन्द्रको भवनबाट ईश्वरीय बहु साँस्कृतिक केन्द्रलाई नहटाएमा लक्ष्मीको घरमा बम हान्ने समेत धम्की दिन लगाएका छन् । आफ्नो स्वार्थ अनुकुल प्रहरी र प्रजिअलाई परिचालन गर्न कहिले काठमाडौं त कहिले पोखरा डुलिरहेका गैरे विरुद्ध नागरिक अभियन्ता युवराज सफलले कानुनी रुपमा उत्रने चेतनावनी पनि दिएका छन् । सफलका अनुसार, गैरेको ठगीविरुद्ध गृहमन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । धर्मको आवरणमा ठग्दै आएका गैरेले आफ्ना विश्वासिला पात्रहरु राखेर सच्चाइ केन्द्रको नाममा उठेको दान र भेटि गनिरहेको तस्बीरमा देखिन्छ । जबकि सच्चाइ केन्द्र कुनै वस्तु उत्पादन गर्ने कारखाना नभई दुःखी गरिबहरुको सेवा गर्ने असहाय र पीडितहरुको कल्याण गर्ने संस्थाको रुपमा स्थानीय प्रशासनमा दर्ता भएको हो । अहिले गैरे विरुद्ध पोखराका जनता आन्दोलित छन् । आफ्नो गल्ती ढाकछोप गर्न गैरेले स्थानीय प्रशासनलाई प्रयोग गरेको स्थिति छ । धार्मिक विषयलाई लिएर चर्किएको यो विवादमा आर्थिक भ्रष्टाचारको विरोध पनि भइरहेको छ । जहाँ ठग र सज्जनबीचको लडाइँ देखिन्छ । राज्यका निकायहरुले यस्ता ठगहरुविरुद्ध छानविन गरेर सज्जनहरुलाई साथ दिनुपर्नेमा मुकदर्शक भइरहेका छन् । राजनीतिक पहुँचका भरमा सुन तस्करी गर्ने र नक्कली प्रमाणपत्र देखाएर डा. डाक्टर पढ्नेहरु सांसद भइरहेको मुलुकमा प्रदीप गैरेको समूहबाट गरिएको दमनले काउलेखोला १३ का लक्ष्मी र रामजीमाथि अन्याय भएको छ । उनीहरु न्यायालयबाट न्याय पाउने आशामा छन् । संस्थालाई बदनाम गरेर कमाउन पल्केका गैरेहरुलाई राजश्व कार्यालय, प्रजिअ कार्यालय र प्रहरीले मात्र होइन स्थानीय सरकारले समेत निगरानी गर्नु पर्ने आवाज उठेको छ । धर्म र समाजसेवाको नाममा हुने यस्ता लुटले सामाजिक क्षेत्रलाई कहाँ कति असर ग¥यो जिम्मेवार समुदायले ध्यान दिन जरुरी छ । खर्च गरेर आफू बच्ने दौडधूपमा लागेका ठग गैरेहरुलाई लक्ष्मी र रामजीको सेवामुखी भावना भने पचिरहेको छैन ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल