Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धितोमा राखेको जग्गा बेच्दै सिद्धार्थ बैंक

काठमाडौं । सिद्धार्थ बैंकले धितोमा राखिएको जग्गा बेच्ने भएको छ ।
बैंकबाट लिएको कर्जा बुझाउन पटक पटक मौखिक एवं लिखित ताकेता गर्दा समेत नतिरीरनबुझाई बैंकसँग भएको ऋण कर्जासम्बन्धी शर्त उल्लघन गरेपछि बैंकले धितोमा राखिएको सम्पत्ति बिक्री गर्ने भएको हो ।
ऋणी श्रीकृष्ण हार्डवेयर एण्ड सप्लायर्सको नाममा रहेको जग्गासहित मालसामना बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
बैंकको पक्षमा रोक्का रहेको मकवानपुर जिल्ला, साविक पदमपोखरी गाविस वडा नम्बर ७ हाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को जग्गा एवं सोमा जडित सम्पूर्ण लिगलगापात समेत बिक्री गर्ने जानकारी दिएको छ ।
यस्तै, श्रीकृष्ण हार्डवेयर एण्ड सप्लायर्सको स्वामित्वमा रहेको मालसामान तथा आय प्राप्ति उपर हाइपोथिकेशन सुरक्षण समेत बिक्री गरिने बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।
बोलपत्र फाराम १ हजार तिरी बैंकको शाखा कार्यालय, हेटौंडा, मकवानपुरबाट कार्यालय समयभित्र प्राप्त गर्न सकिने बैंकले जनाएको छ । शिलबन्दी बोलपत्र यो सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात बैशाख २२ गतेभित्र बैंकको शाखा कार्यालय, हेटौंडा, मकवानपुरमा बुझाई सक्नुपर्ने बैंकले जानकारी दिएको छ ।