Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नबिल बैंकको कार्डबाट सामसङ मोबाइल किन्दा क्यासब्याक अफर

 

काठमाडौं । नबिल बैंकको कार्डबाट सामसङ मोबाइल किन्दा क्यासब्याक अफर सुरु भएको छ।
सामसङका दुई नयाँ मोडलहरु ग्यालेक्सी ए ३४ फाइभजी र ग्यालेक्सी ए ५४ फाइभजीको खरिद गर्दा नबिल बैंकको कार्डबाट भुक्तानी गर्दा दुई हजार रुपैयाँ क्यासब्याक हुने योजना सुरु भएको हो।
नबिलको भिजा डिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले यी दुई मोबाइल सेटको खरिदमा दुई हजार रुपैयाँ क्यासब्याक पाउने सम्झौता भएको बैंकले जानकारी दिएको छ।
यी मोबाइल सेटहरु गत मार्चको अन्तिम साता नेपाली बजारमा आएको हो। दुबै मोडलहरुमा धेरै टिक्ने ब्याट्री, राम्रो क्यामेरा तथा बिबिध रंग तथा डिजाइनमा उपलब्ध रहेको जनाईएको छ।
नबिलको कार्ड देशका २ सय ५३ शाखाहरुमध्ये कुनै पनि शाखाबाट लिन सकिने बैंकले जानकारी दिएको छ।