Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नयाँ प्रधानन्यायाधीशको सिफारिस गरिँदै

काठमाडौं। प्रधानन्यायाधीशको नाम सिफारिसका लागि संवैधानिक परिषद्को बैठक आज पनि बस्ने भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ५ बजे बस्न लागेको हो । यसअघि मंगलबार बसेको संवैधानिक परिषद्को बैठक विषयमा प्रवेश नै नगरी स्थगित भएको थियो । साउन २० गतेदेखि प्रधानन्यायाधीश पद रिक्त हुँदै छ । उमेर हदका कारण प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जाने भएका कारण नयाँ प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियाका लागि नाम सिफारिस गरिन लागिएको हो । संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिस गरेपछि पनि संसदीय सुनुवाइको प्रक्रियासहित नियुक्त हुन समय लाग्नेछ । यसअघि २०७८ फागुन १ देखि ०८० असार १ गतेसम्म कामुको नेतृत्वमा न्यायपालिका चलेको थियो ।


सम्बन्धित समाचार