Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नयाँ भर्ना नलिन विद्यालयहरुलाई आग्रह

काठमाडौं । अनलाइन कक्षाका नाममा भर्ना नलिन र शुल्क नलिन सरकारले विद्यालयहरुलाई आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन कक्षाका नाममा विद्यालयहरुसँग भर्ना र शुल्क नलिन आग्रह गरेको हो । मन्त्रालयले मन्त्रीस्तरीय अर्को निर्णय नभएसम्मका लागि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना लिन समेत नपाइने निर्णय गरेको छ । माध्यमिक शिक्षा परीक्षा र कक्षा ११ तथा १२ का परीक्षा हाल स्थगित रहेको र यस विषयमा कुनै थप निर्णय नभएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
सहसचिव दीपक सुवेदीले सूचना जारी गर्दै परीक्षा सञ्चालन गर्ने विषयमा परामर्श लिने काम भइरहेको जनाएका छन् ।


सम्बन्धित समाचार