Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नर्सिङको प्रतिबन्ध खोल्ने तयारीमा सरकार

काठमाडौं । एक सय शैयाको आफ्नै अस्पताल नभएका नर्सिङ कलेजहरुमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउने भएको छ । यो प्रतिबन्ध हटेपछि ती कलेजहरुले नर्सिङ कक्षा सञ्चालन गर्न पाउने छन् । त्यसैगरी विदेशी विद्यार्थीलाई नेपालमा भित्र्याउने लक्षका साथ सरकारले चिकित्सा शिक्षा ऐन संशोधनको तयारीसमेत थालेको छ । चिकित्सा शिक्षा ऐनमा भएको फेजआउट सम्बन्धी प्रावधानलाई लागू गर्दै सरकारले १०० बेडको अस्पताल चलाउन नसक्ने शिक्षण संस्थाले नर्सिङ विषय पढाउन नपाउने नियम लागू गरेको थियो । सरकारको यो निर्णयसँगै सीटीईभीटीबाट सम्बन्धन लिएका करिब ७८ वटा नर्सिङ कलेजहरु बन्द भएका थिए । ऐनले तोकेको मापदण्ड नपुगेका ती कलेजहरु बन्द भएपछि कयौं विद्यार्थीले नर्सिंङ पढ्न नपाएको र विदेशिनुपरेको आरोप दुर्गा प्रसाई लगायतका मेडिकल व्यवसायीहरुले लगाउँदै आएका थिए । यही तर्कमा सहमत भएर सरकारले नर्सिङ कक्षामा लगाएको मापदण्ड खुकुलो गराई प्रतिबन्ध फुकाउन लागेको हो ।
सरकारले चिकित्सा शिक्षामा भइरहेको कडाइले गर्दा नेपाली विद्यार्थीहरु विदेश पलायन भइरहेको निश्कर्षसहित चिकित्सा शिक्षा ऐनसमेत संशोधन तयारी गरेको छ । सरकारले ऐन संशोधन गरेर १ सयदेखि ३ सय बेडसम्मका सरकारी अस्पतालहरुमा नर्सिङ र प्यारामेडिक्स पढाउन दिने सरकारको तयारी छ । त्यस्तै ३ सय बेडभन्दा माथिका सरकारी अस्पतालहरुमा एमबीबीएस पढाउन दिने सरकारको तयारी छ । यसो गर्दा सात वटै प्रदेशमा पहिले रहेका अञ्चल अस्पतालहरुमा विद्यार्थीले एमबीबीएस पढ्न पाउने मन्त्री बस्नेत बताउँछन् । स्वास्थ्यमन्त्री मोहन बस्नेतले भने, इण्डियामा हरेक वर्ष २० लाख मानिसले एमबीबीएस पढ्नका लागि निवेदन दिन्छन् । ८ देखि ९ लाखसम्मले परीक्षा उत्तीर्ण गर्छन् । तीमध्ये २५ हजार विद्यार्थीलाई मात्रै नेपालमा ल्याउन सक्यो भने खर्बौं रुपैयाँ आउँछ । उनले थपे, ‘साउथ एशियाका अरु धेरैवटा देशले हामीलाई भन्ने गरेका छन्, तिमीहरुको मेडिकल शिक्षा राम्रो छ, कोटा बढाइदेऊ हामी विद्यार्थी पठाउँछौं भनिराखेका छन् । तर, हाम्रो चिकित्सा शिक्षा ऐनले यो कुरालाई बञ्देज गरेर राखेको छ ।
मेडिकल शिक्षाका कारणबाट आज लाखौं विद्यार्थीहरु विदेशिएका र खर्बौं रुपैयाँ बाहिर गएको बताउँदै उनले भने, ‘एकातिर रोजगारी नपाउने, अर्कोतिर पढ्न नपाउने । अनि ८० प्रतिशत नम्बर लिएर आएका नानीहरुले नर्सिङ पढ्न नपाउने स्थिति छ । ट्यालेन्ट विद्यार्थीहरुले एमबीबीएस पढ्न नपाउने अनि थोरै मान्छे पढ्नका लागि बाहिर जाने स्थितिका कारण ठूलो संख्यामा मानिसहरु नेपालमा डिप्रेसनको शिकार भएर बस्नुपरेको मन्त्री बस्नेतले बताए । उनले भने, जो बाध्य भएर विदेशमा पढ्न गए, ती पनि डिप्रेसनको शिकार ठूलो संख्यामा छन् । तीन चार परिवारलाई हे¥यो भने अहिले नेपालमा एउटा परिवार डिप्रेसनको शिकार छ । अहिले १० पैतिशत मानिसको मृत्यु मानसिक समस्याका कारणले भइरहेको मन्त्री बस्नेतको दाबी छ । सबैतिरबाट निराशाकै कुरा आउँदा समाजमा निराशा बढिरहेको र अब आशा जगाउने कामहरु गर्नु पर्ने, केही न केही परिवर्तन गर्नुपर्ने उनले बताए ।


सम्बन्धित समाचार

सुहाङले लिए शपथ

२०८१ बैशाख २६

ताजा नेपाल

ओलीको योजनाले माधव पाखा लाग्ने

२०८१ बैशाख २६

ताजा नेपाल