Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । मौका नपाएसम्म आर्दशका कुरा गर्ने सरकारमा जाने अवसर पार्टीमा आएपछि ठूलो भाग खोज्दै गर्दा डा. शेखर र गगनकै चरित्र नाङ्गिँदै छ । काँग्रेसले अरुको भाग खोस्दा आँफू त्यो हालतमा कसको साथ लिएर पुगियो ख्याल गरेन । काँग्रेसले आठ मन्त्रालय पाउँदा डा. शेखर समूहले आधा भाग खोजे । अर्थ, रक्षा, उद्योग वाणिज्य, स्वास्थ्य, परराष्ट्र, कानून युवा तथा खेलकुद, शहरी विकास, जनमतले छाडेको खानेपानी समेत गरी नौ मन्त्रालय कव्जा गरेर काँग्रेसले नै सहकार्यको बाटो तोडदै छ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेशमा कतै प्रतिनिधित्व छैन । जनमतलाई प्रदेश २ को मुख्यमन्त्री दिन पनि काँग्रेस खुलेको छैन । गगन स्वास्थ्य मन्त्री बन्दा उनको पहलमा भएको कुन काम थियो दीर्घकालीन प्रभाव पारेको ? प्रधानमन्त्री पुष्पकमल दाहाल थिए । सरकारले मुटु, क्यान्सर, स्काइकट, एन्जुरी, मृगौलाजस्ता जटिल रोगको निशुल्क उपचार गर्ने त भन्यो । तर पहुँच नभएकाहरूले त्यो सुविधा पाएका छैनन् । घोषणा गर्ने निर्णय गर्नमा झन् ढिलाई गर्ने त गगन थापाहरू नै हुन् । जो रात परेपछि मन्त्रालय पुगेर केपी ओली झैं प्रचारको विकास गर्थे कामको थिएन । व्यवसायी किसानले पाउने कृषि व्यापार आयोजनाबाट करोडौं कुम्ल्याएर बाख्रा पालक किसान गगनको धतुरो त्यो बेला केशव स्थापितले झारेकै हुन । आज गगनको समूहले मन्त्रिमण्डलमा ४ जनाको कोटा खोज्दा आफैंभित्रको लडाइँ मिलाउन सकेन । प्रदिप पौडेल जीवन आचार्य, बद्री पाण्डे, जीवन परियार, धनराज गुरुङ, सरिता प्रसाँइ, प्रतिमा गौतमजस्ता एक से एक मन्त्री चाहने तर यीनैलाई स्वास्थ्य, कानून, युवा तथा खेलकुद, खानेपानी मन्त्रालय नहुने यस्तो वदनामीमा डा. शेखर गगन परेका छन् । गगनको कोटामा प्रदिप पौडेल डा. शेखरको कोटाका धनराज गुरुङ गहकिलो ठूलो मन्त्रालय खोज्दा कामयावी मन्त्रालयमा खानेपानी र युवा तथा खेलकुद किन परेन यो प्रश्नले नैतिकताको कसी जोडिन्छ ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल