Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नामिबियासँग नेपाल २० रनले पराजित

काठमाडौं । जान निकोल लोफ्टी–इटोलने कीर्तिमानी शतकप्रेरित नामिबियाले त्रिदेशीय ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालविरुद्ध २० रनको जित निकालेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नामिबियाले दिएको २०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८।५ ओभरमा सबै विकेट गुमाएर १८६ रनमात्र जोड्न सक्यो ।