Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निजी गाडीमा आउनेले चाहिँ कोरोना सार्दैनन् ?

काठमाडौं । यातायात व्यवसायीहरूले लामो दुरीका सार्वजनिक यातायात भदौबाट चल्न नदिए निजी गाडीबाट कोरोना संक्रमित काठमाडौं भित्रिने बताएका छन्। सरकारले हवाई उडान र लामो दुरीका यातायात रोक्नू भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु बराबर भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले बताएका छन्।
लामो दुरीमा यात्रा गर्नुपर्नेहरू दसौं गुणा पैसा तिरेर, जोखिम मोलेर, अहिले पनि यात्रा गरिरहेका छन्। बरू स्वास्थ्य मापदण्ड अपनाएर यात्रा गराउने र नाकामा पिसिआर परीक्षण गराएर रिपोर्ट नआउन्जेल होम क्वारेन्टाइनमा राखे संक्रमण फैलिँदैन उनको दाबी छ । संक्रमणको अत्यधिक जोखिम भए पूरै गतिविधि ठप्प पार्नुपर्ने उनको तर्क छ।

पाँच महिना त गाडी थन्क्यायौं, अरु एक महिना पनि घाटा सहौंला। तर अरू गतिविधिबाट संक्रमण फैलाएर यातायात क्षेत्रलाई थला पार्नु ठीक नभएको उनको तर्क थियो । अहिले पनि निजी गाडीदेखि एम्बुलेन्ससम्मले अनुचित भाडा लिएर यात्रु ओसारिरहेको उनको आरोप छ। पास बनाएर हिँडेका गाडीमध्ये ५० प्रतिशतले प्रतिव्यक्ति भाडा उठाएका छन्। त्यहाँ न सामाजिक दुरी छ, न परीक्षण हुन्छ । त्यस्तै भदौ १ गतेलाई भनेर मर्मत गरिएका गाडीको पैसा खेर गएको सिटौलाले बताए। लामो दुरीका गाडी व्यवसायीले गाडीको मर्मतसम्भारमा हजारौं रूपैयाँ खर्च गरिसकेका छन्। यसअघि सरकारले हवाई उडान र लामो दुरीका यातायात भदौ १ देखि सञ्चालन गर्ने भनेको थियो। तर सोमबार बसेको मन्त्रिपरिषद बैठकले भदौभर यी दुवै सेवा स्थगन गर्ने निर्णय गरेको छ।