Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निर्णायक छलफलमा काँग्रेस

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच निर्णायक वार्ता भइरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा शुरु भएको वार्ताले पार्टीमा देखिएको विवाद समाधानका गर्ने विश्वास नेताहरुले लिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा विगत दुई महिना यता संस्थापन र इतर पक्षबीच विवाद चर्किएको छ ।
विवाद समाधानका लागि बुधवार शीर्ष नेताहरु देउवा निवासमा छलफलमा जुटेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्का नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह लगायतका नेताहरुबीच भएको छलफल सकारात्मक रहेको र शुक्रवारको बैठकबाट विवादित विषयमा टुंगोमा पुग्ने अपेक्षा गरिएको छ । उपसभापति विमलेन्द्र निधिले बैठक सकारात्मक रुपमा अघि बढेको भन्दै आजको बैठकबाट समस्या समाधान हुने अपेक्षा गरेको बताए ।
गएको बैठकमा असन्तुष्ट पक्षले पुस ११ गतेको संस्थापन पक्षमात्र सहभागी भएको केन्द्रीय कार्यसमिति बैठकले गरेका महाधिवेशनको समय र कार्यतालिका, विधानका धारहरु निलम्बन, विभागको संख्या थप, भ्रातृ संगठनहरुबारेको निर्णयमा आपत्ति जनाएको थियो । उक्त बैठकमा सभापति शेरबहादुर देउवाले २०७७ फागुनका लागि तय भएको महाधिवेशनको मिति बाहेकमा आफू कुराकानी गर्न र समस्या समाधानका लागि पछि हट्न सक्ने संकेत गरेका थिए ।
देउवाले असन्तुष्ट पक्ष हरेक विषयमा स्पष्ट नभएको भन्दै पहिलो स्पष्ट भएर आउन समेत आग्रह गरेका थिए ।
संस्थाप पक्षले आफू खुसी र मनोमानी ढ्रगले क्रियाशील सदस्यता वितरण गर्ने भय असन्तुष्ट पक्षमा रहेको छ । नेता कल्याण गुरुङले क्रियाशील सदस्यको अन्तिम नामावली पारदर्शी रुपमा सार्वजनिक हुनुपर्ने बताए ।
पौडेल सिटौला पक्षले क्रियाशील सदस्यता छानबिनका लागि विशेष समिति गठनको मागलाई समेत बैठकमा प्राथमिकताका साथ उठान गर्ने तयारी गरेको छ । त्यस्तै नेपाल विद्यार्थी संघको नेतृत्वमा पनि असन्तुष्ट पक्षले दावेदारी प्रश्तुत गरेको छ । सभापति देउवाले भ्रातृ संगठनहरुमा सम्मानजनक उपस्थिति हुनेगरि मिलाउने आश्वास यसअघि कै बैठकमा दिएका छन् ।