Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारलाई १५ हजार जरिवाना

काठमाडौं । निर्वाचन आयोगले गत वर्षको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई कारबाहीको तयारी गरेको छ ।
खर्च विवरण नबुझाउने प्रतिनिधिसभातर्फ १ हजार ३७ जना र प्रदेशसभातर्फ १ हजार ३ सय ९८ जना उम्मेदवारलाई कारबाही गर्न लागेको हो ।
आयोगले बुधबार एक सूचना जारी गर्दै खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई जरिवाना तोकेको हो । चुनाव खर्च सार्वजनिक नगर्नेमा बहालवाला मन्त्रीसमेत रहेका छन् ।
आयोगले सार्वजनिक गरेको सूचीमा कांग्रेस महामन्त्रीसमेत रहेका सांसद गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम, माओवादी केन्द्रकी ओनसरी घर्तीदेखि स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनासम्म रहेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभातर्फ गरी जम्मा २ हजार ४ सय ३५ जनालाई आयोगले सात दिनभित्र खर्च विवरण बुझाउने गरि १५(१५ हजारका दरले जरिवाना तिर्न निर्देशन दिएको छ ।


सम्बन्धित समाचार