Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निषेधाज्ञा अझै कडा, केके गर्न पाइने, के नपाइने ?

काठमाडौं । कोरोना संक्रमित र मृत्युको ग्राफ उकालो लाग्दै गर्दा मुलुकका ४८ जिल्लामा निषेधाज्ञा जारी भएको छ । राजधानी काठमाडौंमा संक्रमण फैलिँदै गएपछि तिन जिल्लाका सिडिओको बैठकले एक साताव्यापी लकडाउन गरेको छ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरिएको विषयमा थप स्पष्ट पारेको छ ।

एक विज्ञप्ति जारी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले औषधि पानी र स्वास्थ्य सामग्री चौबिसै घण्टा खोल्न सकिने र खाद्य, दूग्ध, फलफूलरतरकारी, माछा मासु पसलहरू बिहान सवा नौ बजेसम्म खोल्न सकिने स्पष्ट पारेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँ प्रमुख जिल्ला अधिकारीबाट स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम ४ गतेबाट लागू भएको निषेधाज्ञाका बारेमा स्पष्ट गर्दै अत्यावश्यक वस्तु र सेवामध्ये औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि निर्वाध खुला राख्न सकिने, विज्ञप्तिमा उल्लेख छ ।

अत्यावश्यक वस्तुमध्ये खाद्य, दूग्ध, फलफूल, तरकारी, माछा मासु आदि पसलहरू ९ः१५ सम्म खोल्न सकिने, विज्ञप्तिमा थप भनिएको छ । उल्लेखित व्यापार व्यवसाय संचालन गर्दा अनिवार्य रूपमा सामाजिक भौतिक दूरी कायम राख्ने, मास्क स्यानितैजर प्रयोग गर्ने लगायतका नेपाल सरकारले तोकेका स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्ने गराउने पनि विज्ञप्तिमा उल्लेख छ ।