Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निषेधाज्ञा जारी राख्दै सार्वजनिक यातायातमा जोरविजोर

काठमाडौँ । कोरोना परीक्षणको दर घटे पनि संक्रमणको दर भने घटेको छैन । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै थपिने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भएको काठमाडौँको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिएका छन् । उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा सोमबार राति १२ बजे सकिँदैछ । जारी निषेधाज्ञामा समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ । मोटरसाइकल, जीप, कार, भ्यान, ट्याक्सीलगायतमा जोर–बिजोर लागु गरिएको छ । पठाओ र टुटल सेवा पनि सञ्चालनमा आइसकेको छ । सार्वजनिक सवारी–साधन, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेसलगायतमा प्रतिबन्ध कायमै छ । संक्रमण अझै घटेको अवस्थामा सार्वजनिक यातायात पनि जोरविजोरको आधारमा चल्ने दिने प्रजिअ पराजुलीले बताए । काठमाडौं उपत्यकामा वैशाख १६ गते निषेधाज्ञा शुरू हुँदा काठमाडौँ उपत्यकामा नै दैनिक ३ हजारभन्दा बढीमा संक्रमण पुष्टि हुँदै आएकोमा यो संख्या अहिले ५ सय हाराहारीमा छ । संक्रमण घट्दै जाँदा सरकारले उडान पनि खुलाउने निर्णय गरिसकेको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल