Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपाको समृद्धि, कुकुरलाई नपचेको घिउ र राजावादीको ताकुमाकुर

काठमाडौं । घरको रक्षा गर्न शहरी क्षेत्र वा गाउँघरमा कुकुर पाल्ने गरिन्छ । त्यसको काम घरको रक्षा नै हो । सोखको लागि पालिएको होस् वा रखवारका लागि पालिएको होस् त्यसले मंश जति पचाउँछ घृतम पचाउन सक्दैन । नेपालको राजनीतिमा जनताबाट निर्वाचित कम्युनिष्ट सरकारलाई लगभग यस्तै व्यथा लागेको छ जसले जनताको दुई तिहाई तिहाई जनमत पचाउन सकिरहेको छैन । सत्ता उन्मुक्तिका कारण पार्टी विभाजन गर्ने र नेपाली काँग्रेसलाई साथ लिइ सरकार चलाउने ध्याउन्नमा प्रधानमन्त्री केपी ओली लागेका छन् शायद उनलाई यो सफलता प्राप्त हुन सक्दैन । पार्टीलाई बाइपास गर्ने, संस्थागत रुपमा काम गर्न नचाहने, गुटवाद र कमिशनवादका वरिपरि रमाउने प्रवृत्ति प्रधानमन्त्रीमा देखिएपछि अस्थिरता चम्किएको हो । उनलाई उचाल्ने र आफ्नो दुनो सोझ्याउनेहरु भष्मासुरका रुपमा चिनिन पुगेका छन् । तर पनि तिनै नभई प्रधानमन्त्रीलाई भएको छैन । अपराधी बचाउने निरअपराधलाई सताउने संस्कार अहिले छरपस्ट भएको छ । प्रधानमन्त्रीको पद र झण्डै दुई तिहाई बहुमतको दम्बले कुत्तेलाई घिउ नपचेको स्मरण गर्नैपर्छ ।

हिजो नेपाली काँग्रेस र पूर्व पञ्चहरुलाई साथ लिएर सत्तामा रमाएका तत्कालिन एमालेका नेताहरुलाई कम्युनिष्ट पार्टी नेतृत्वको झण्डै दुई तिहाईको सरकारबाट गर्न सकिने काम समेत नगर्दा जनतामा मात्र होइन कार्यकर्तामा समेत निराशा पैदा भयो । राष्ट्रपति राष्ट्र र जनताको हितमा भन्दा सरकारबाट गएका सिफारिशहरु अध्ययन र सरसल्लाहै नगरी स्वीकृत गर्ने रबरस्ट्याम्प बन्न पुगिन् । वर्तमान सरकारले सिर्जना गरेका गलत क्रियाकलापले यतिखेर देशव्यापी रुपमा पूर्व राजा ज्ञानेन्द्रको तस्बिर लिएर राजतन्त्र फर्काउने माहौल प्रदर्शन हुँदैछ । सरकारले समयमा विकास, निर्माण र जनपक्षीय काम गरेको भए जनआन्दोलनबाट किनारा लागेको २३४ वर्षको राजतन्त्रको पक्षमा यति छिट्टै माहौल बन्ने थिएन । संघीयता, गणतन्त्र र समावेशीतालाई बलियो नबनाएसम्म लोकतन्त्रको जग दह्रो बन्न सक्दैन । यो यथार्थ प्रधानमन्त्री र नेकपाको सचिवालका सबै नेताहरुलाई थाहा छ । तर उनीहरुले त्यता होइन ओम्नी, थामसेर्कु जस्ता विचौलिया समूहको कल्याणका निम्ति आफ्नो दायित्व सुम्पेको देखियो । चाहे त्यो सेक्युरिटी प्रेस होस् वा आइटी पार्क र टेलिकमको फोरजी सेवा विस्तारमा भएको नीतिगत लूट नै किन नहोस् ।

आर्थिक अपराध कम्युनिष्ट सरकारले संस्थागत गराएको छ । गुटको खेती गरेर पार्टी नेताको अपमान गर्न प्रधानमन्त्रीको टिम लागिरहेको छ । अनुशासनमा नचल्दा देशमा बेथितिको चाङ बढिरहेको छ । कम्युनिष्टहरु बेथिति र विकृतिको विरोधी हुनुपर्दथ्यो । तर, प्रधानमन्त्री ओलीमा निष्टा र त्यागको संकेत कतै आएन । उनले जोगी हुन राजनीति गरिँदैन भनेको धेरै समय भएको छैन । राष्ट्रघाती महाकाली सन्धि हुँदा सूर्य पश्चिमबाट उदाउँछ भन्ने प्रधानमन्त्री ओलीले आफू सत्तामा भएको ३ वर्षसम्म विवादित महाकाली सन्धिका बारेमा छिमेकी मित्रराष्ट्रसँग छलफल समेत गर्न भ्याएनन् ।

मौकालाई चिन्न नसक्दा पछुताउनु पर्छ भन्ने हेक्का प्रधानमन्त्रीमा छैन भन्ने कुरा पार्टी स्थायी समितिको निर्देशन लत्याउनु हो । तत्कालिन एमालेलाई अहिले पनि कम्युनिष्ट चरित्र नभएको आरोप विरोधीहरुले लगाइरहेका छन् । स्वाभिमान त्यो तरिकाले बच्दैन जबसम्म सिंगो पार्टी नेतृत्वले राष्ट्र राष्ट्रियता र जनजीविकाका सवालमा एकमत हुँदैन । माओवादी नेताहरु जो जसले पार्टीको नाममा ब्रम्हलुट गरे तिनै सत्ताको वरपर छन् । एमालेका पनि लगभग स्थिति त्यही हो । कृषिप्रधान देशमा किसानले समयमा मलबिउ नपाउनु, दूध नबिकेर सडकमा पोख्नु, बारीको फलफुल र तरकारीमाथि जोडर चलाउनु नेकपाको किसानमारा प्रवृत्ति हो कि समृद्धि फेरि पनि यस्तै विवाद र लडाइँ चर्काइरहने हो भने आगामी दिनमा ओली सरकारलाई कसैले बचाउन सक्दैन । काम राम्रो गरेको भए कसैले किन गरिस् भन्ने थिएन ।


सम्बन्धित समाचार