Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपा सचिवालयले एमसीसीबारे निर्णय गर्न सकेन

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अध्ययन कार्यदलले पेश गरेको प्रतिवेदनमाथि छलफल भए पनि निश्कर्ष भने निस्किएको छैन । शनिबार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए । सचिवालय बैठकमा कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदनबारे ब्रिफिङ गरेका थिए ।
सचिवालय सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि कुनै निर्णय नभएको जानकारी दिए । तर अर्का सचिवालय सदस्य वामदेव गौतमले भने बैठकमा कुनै ठोस सहमति नभए पनि परिमार्जन गर्नुपर्छ भन्ने विषयमा सबैको एकमत रहेको बताए । सबैले सो प्रतिवेदन अध्ययन गरेपछि ठोस निष्कर्षमा पुग्ने गौतमको भनाइ थियो । पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजक रहेको तीन सदस्यीय कार्यदलले शुक्रबार प्रतिवेदन बुझाएको थियो । कार्यदलले यथास्थितिमा प्रतिवेदन पास गर्न नहुने भन्दै सर्तहरू संशोधन गर्न सुझाव दिएको छ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका केही प्रावधान संशोधन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सरकारसँग कुरा गरेको दाबी गरेका थिए ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल