Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपा सचिवालय बैठक शुरु

काठमाडौं । बजेट लगायत समसामयिक अवस्थाका विषयमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ। आगामी आर्थिक बर्षको बजेट ल्याउन पूर्व सन्ध्यामा नेकपाको सचिवालय बैठक बसेको हो। बैठकमा पछिल्लो राजनीतिक परिस्थित र संविधान संशोधनको लगायतका विषयमा छलफल हुने बताइएको छ । भारतले अतिक्रमण गरेर कब्जा गरेको नेपाली भूमि समेटेर सरकारले नयाँ नक्सा जारी गरेपछि निशान छाप परिवर्तनका लागि संविधान संशोधन गर्न विधेयक संसद सचिवायमा दर्ता समेत गरिसकेको अवस्थामा बैठकमा सो विषयले प्राथमिकता पाउनुका साथै अमेरिकी सहयोग नियोय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को बारेमा पनि छलफल हुने जनाइएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा हालै नेपालले जारी गरेको नयाँ नक्सापछिको राजनीतिक परिस्थिति, संविधान संशोधनको गृहकार्य, एमसीसीजस्ता मुद्दामा छलफल हुने सम्भावना छ । भारतले अतिक्रमण गरेको नेपाली भूमिसमेत समेटेर सरकारले जेठ ७ गते नयाँ नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्ध चिसिने संकेत देखिएको छ ।