Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । असपफल राजनीतिको पक्ष कसैले लिँदैन । बाबु असफल नेता भएको अवस्थामा अबका छोराले बाबुको नामै लिँदैनन् । किनकि यो २१औं शताब्दी हो । यो शताब्दीले साम्यवादलाई विकास वादमा जान बाध्य पार्छ । २०औं शताब्दीमै विश्व कम्युनिष्ट आन्दोलनले सोभियत गणराज्य रुस फुटाएर उत्तर कोरिया, दक्षिण कोरिया, रुस, बेलारुस जस्ता विकसित राष्ट्रका रुपमा खडा गरायो । माओको विकासे रणनीतिपछिको चीनलाई औद्योगिक क्रान्ति पूरा गराउने जो भए पनि चिन विश्व साम्राज्यवादमाथि धावा बोल्दै आफ्नो प्रगतिमा सफल छ ।
त्यही चिनियाँ कम्युनिष्ट पार्टीका सहयोगी र समर्थकहरू नेपाली आन्दोलनमा असफल छन् । सशस्त्र क्रान्तिका कुरा गर्ने मोहन विक्रम सिंह भारतीय गुप्तचरबाट सञ्चालित भएको आरोप सहन्छन् तर भत्केका भात भान्सा नमिलेका कम्युनिष्टलाई एकताको सूत्रमा बाँधेर आफू संरक्षक बन्न सक्दैनन् । मोहन वैद्यको हालत त्यही हो । वैद्य त कनिकुथि माओवादी आन्दोलनमा सहभागी भए तर मोहनविक्रमले जनयुद्धविरुद्ध पर्चा निकालेकै हुन् । वैद्यको विश्वास प्राप्त चन्द्रप्रकाश गजुरेल, देव गुरुङ, सुरेश आलेहरूले माओवादीलाई कस्न र पेल्ने सिआइएको हण्डी घिचेर चुच्चेनाकको विरोध गर्दा केही सीप लागेन भात भान्सा चलेन र फर्केर त्यो चुच्चेनाके प्रचण्डले दिएको जिम्मेवारी अहिले निभाउँदैछन् । अझै पनि उनीहरू हैसियत नभए पनि जनताले नपत्याए पनि आफू सञ्चालित शक्तिलाई देखाउन अन्तरपार्टी साम्प्रदायिकतालाई मलजल गर्दैछन् । आफू सक्षम छ कि छैन देव गुरुङ र खड्ग बिकले मन्त्री हुँदा गरेका काम हेरे पुग्छ । अधुरो क्रान्ति सफल बनाउने भन्दै प्रचण्डसँग विद्रोह गरेका नेत्रविक्रम चन्दले छोरालाई डाक्टर बनाए । छोरालाई लुम्बिनी मेडिकल कलेज पढाएका देव गुरुङ प्रचण्ड विरुद्धको मोर्चाबाट मोहन वैद्यको वैशाखीले पार नलागेपछि पुनः माओवादीमै फर्किएर अहिले पार्टी महासचिव भएका छन् । गल्ती त यिनले गरेकै थिए । नेपालका कम्युनिष्टले सर्वहारा वर्गको हित गर्दैनन् । कम्युनिष्टले सर्वहारावर्गको हित गरेका भए भूमिहिन, सुकुम्बासीको पीडा ज्यूँकात्यू रहने थिएन । मधेशका मीटरब्याज पीडित नांगै खुट्टा महोत्तरीदेखि काठमाडौं धाउनु पर्ने थिएन । गरिबको नाममा रमाइलो गर्ने केपी ओली बादशाह चरित्रका छन् । उनले आफ्नो स्वार्थमा चलाएको एमालेको सिद्धान्त र नीतिले देशमा आर्थिक संकट कसरी निम्त्यायो रु त्यसको उदाहरण अहिलेको चरम मन्दी र आर्थिक घाटा हो । गरिबको हितभन्दा ओलीले भ्यूटावरमा खर्च गराए । सरकारी सम्पत्ति माफिया र दलाल मार्फत् आफूले पनि कुम्ल्याएको कुरा उनको बालकोट दरबार हो । जसलाई बचाउन राज्यकोषबाट २०५४ सालदेखि २०७२ फागुनसम्म राज्यले देखावटी रुपमा अर्थ मन्त्रालयको स्रोतअनुसार १७ करोड ३६ लाख खर्च गरेको छ । त्यो खर्च बापत केपी ओली अराजक, अस्थिर र व्यवस्था विरोधी नेता भएका छन् ।
एमालेका झलनाथ र वामदेवले छोराहरूलाई ठेकेदार पनि बताए । यिनका छोराहरू चिनियाँ कम्पनीका नेपाली दलाल हुन् । साँगठनिक रुपमा यिनीहरूले हिजो एमालेकै छत्रछायाँमा रहँदा चिनियाँ कम्पनीका दलाल भएका एमालेका लागि त्यो जनताको बहुदलीय जनवादको एउटा रुप हो । नेताका छोराले ठेक्कापट्टा लिनु हुँदैन भन्ने होइन । कोराना कालको ओम्नी र हुकामसँग ईश्वर पोखरेलका पुत्र र विष्णु रिमालका पुत्रको साझेदारी थियो । आफ्नो स्वार्थमा कम्युनिष्टले कस्तो गर्छन् रु कम्युनिष्टको दृष्टिमा देशघाती भ्रष्टाचारी काँग्रेसले कस्तो गर्छ रु जनताले गणतान्त्रिक नेपालको संविधानसभाले नेपालको संविधान जारी गरेपछिको ७ वर्षमा देख्यो । कम्युनिष्ट शासन समय सुहाउँदो बनाउने हो । तर नेपालका कम्युनिष्टले मन्त्री बन्दा मन्त्रीस्तरीय निर्णय गरेर जनतालाई कस्तो राहत दिए त रु त्यो छर्लङ्ग छ । मलमा हाहाकार किसानको उत्पादनमा बिचौलिया हावी भारतको तरकारी र खाद्यान्नले जनता पालिनु पर्ने यही हो कम्युनिष्ट नीति, सिद्धान्त, विधि, प्रक्रिया भनेको रु यहाँ केपी ओली राम्रो, पुष्पकमल दाहाल नराम्रो भन्ने ठाउँ नै छैन । केपी ओलीलाई गणतन्त्र नेपालको ४१ महिने राजा बनाउने प्रचण्डले ११ वर्ष बन्दूक नउठाएको भए केपी प्रधानमन्त्री बन्न सक्दैनथे । ओलीको हैकमले देश चल्छ रु प्रचण्ड जहाँ जान्छन् त्यहाँ डडेलो लगाएर एकछिन मजाक होला केपी सडकमा पैदल हिँड्नु नपर्ला गाडी त चल्नु प¥यो । त्यो गाडी गुडेको बाटोमा केपी मुर्दावद भन्दै एक हुल युवा उफ्रिँदा दिने जवाफ के हुन्छ महाशय त्यस्ता विषयमा ध्यान देऊ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल