Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेता नै भ्रष्ट भएपछि महंगी चम्कियो !

काठमाण्डौ । राज्यको श्रोत संरक्षण गरी राज्यलाई आर्थिक रुपमा सबल र सक्षम बनाउने पो राष्ट्रवादी । देशको हितमा बोल्ने तर व्यवहार खन्चुवा नेपाल ट्रष्टको सम्पत्ति कौडीको मूल्यमा बतास र थामसेर्कुलाई सुम्पने कस्तो राष्ट्रवादी । जनता भोक भोकै छ । रोजगार गुमेको छ देशमा राष्ट्रिय संकट परेको बेला औषधीजन्य सामाग्री खरिद गर्दा राज्यकोष डूबाउने कस्तो देशभक्त । कुरा तीनकै चर्का छन् । अरुलाई नैतिकताको पाठ तीनैले सिकाउँछन् । सत्ता पक्षको कमजोरी प्रतिपक्षले बोल्नुपर्छ । तर आफू सत्तामा हुँदा के गरियो जनताले कति सेवा पायो त्यसको ख्याल नगरी दुत्कार्नेले अरुको विरोध गरेर चोखो बन्न सक्दैन ।

पोखरा महानगरकै एमालेका मेयरले सार्वजनिक जमीन आफन्तलाई सुम्पेको समाचारले पार्टीप्रति उनको निष्ठा र राजनीति पनि देखियो । केही समय घटना लुक्छन् । तर समयले त्यसलाई ल्याउँछ । एमाले भनेको त्यस्तो शक्ति हो जसले झापाको गिरीवन्दू टिस्टेटको जमिन गिरी बन्दू रि स्टेटमा ल्याउने वातावरण बनायो । यो सरकारले पनि त्यही योजनालाई निरन्तरता दियो । चाहे चुरे भत्काएर नेपालमा मरुभूमि बनाउने गरी बजेटमा ल्याईएका योजना किन नहुन । यो सरकारले पनि देश भक्त एमाले नेताले गरेका निर्णय उल्ट्याउन सकेन । थामसेर्कुले पाएको नेपाल ट्रष्टको जमिन फिर्ता आएन ।

सार्वजनिक सम्पत्ति दोहन गर्न डोजर मालिक स्थानीय तहमा निर्वाचीत जनप्रतिनिधि अगाडि सारेर देश लुटीएकै छ । यहाँ एमाले नेताले कुरा काट्ने काँग्रेसको खेदो खन्ने कामको अर्थ छैन । सरकारी सम्पत्तिको रक्षा गर्न नसक्ने राजनीतिक दल कसरी राष्ट्रवादी र देशभक्त हुन्छन् । के लोकतन्त्र यस्तै लुटेराको मैदान हो । जताततै भद्रगोल छ । प्रहरीमा त्यस्तै छ । अदालतहरुमा न्यायीक निरुपण विवादीत छन् । अपराधी उम्कने जो पिडित छ त्यो झन् पिडित बन्ने जो पिडक छ उसले छाति खोलेर हिड्न सक्ने अवस्था किन बन्यो ? यहाँ जोडिएको राजनीति प्रभाव कानूनको उलंघनमा नैतिक रुपले चासो नदिनेहरुले पार्टीको नेतृत्व लिएको बेला देशमा अपराध जन्य घटना हुन्छन् भएका छन् भन्ने हो । निजामति प्रशासन त्यस्तै निकम्मा बनाइएको छ । राजनीति गर्ने ठाँउमा गरे हुन्छ । तर कर्मचारीमा राजनीति बलियो हुँदा प्रशासन निष्पक्ष हुँदैन । शसस्त्र प्रहरी नेपाल प्रहरीलाई दलीय स्वार्थमा परिचालन गरिनु नै निष्पक्षतामा खडेरी लाग्यो भन्ने हो ।

गल्ती त सुधार्न पर्याे नि ? तन्त्र जेसुकै होस् व्यवस्था खराब हुदैन । सञ्चालन गर्ने व्यक्ति खराब हो । जसरी नीतिगतलुट चलाएर ओलीले आफ्ना दाश र हनुमानहरुलाई अपराध मुक्त गरे । अख्तीयार उनकै थियो । अझै पनि छ । अदालतले डिजाइनमै फैसला गराए अपराधीले मुक्ति लिए भने एमालेको शुशासन निष्पक्षता भित्र काँग्रेसको शुशासनमा सुधार खोजेर पाइन्छ ? गणतन्त्रमा संवैधानिक अंगहरु बदनाम छन् । देशको प्रधानमन्त्री नै विचौलियाको हितमा हुन्छ भने अख्तीयार, सतर्कता केन्द्र, राजस्व अनुसन्धान र सम्पत्ति शुद्दिकरण जस्ता निकायले काम गरेन भन्नुको के अर्थ ? राजनीतिमा नैतिकता कति ? जबकी प्रमको परिवार सेनिटरी प्याड व्यापारमा जोडिन्छ । राजस्व मार्ने निर्णय हुन्छ भने शुशासन कहाँ हुन्छ ? तत्कालीन अर्थमन्त्रीले राजस्व मारेर कास्ता व्यापारीको हित गरे ? तो प्रमको पार्टीले देशको आमुल परिवर्तन गरेको धमास देखाउनको अर्थ कति हुन्छ । त्यसैले मियो ठिक भए भद्रगोल कम हुन्छ । यहाँ पनि भारत र श्रीलङ्कामा जस्तै मन्त्री र नेतालाई सडकमा थूतेर जनताले हिलामा गाड्ने, कुट्ने गर्ने दिन नआउँला भन्न सकिन्न किनकी देशलाई गरीबी र वैदेशिक ऋणले डुबाउने काम भएको छ । भ्रष्टचार बढ्नाले कालोबजार चम्किएको छ । सरकार बेपत्ता छ ।


सम्बन्धित समाचार

श्रीमान्हरूका फैसला पनि खोतलिँदै

२०८३ जेष्ठ ७

ताजा नेपाल

बा र भाउजुको लुटको पसल बन्द

२०८३ जेष्ठ ७

ताजा नेपाल