Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपालमा पहिलो पटक विच्याट वालेट भुक्तानी सेवा

काठमाडौं। माछापुच्छ्रे बैंकले डिजिटल सेवालाई उच्च प्राथमिकतामा राख्दै नेपालमै पहिलो पटक विच्याट वालेट भुक्तानी सेवा संचालनमा ल्याएको छ। वार्षिकोत्सवमा अवसरमा बैंकले यो सेवा संचालनमा ल्याएको हो। बैंक २१औं वर्षमा प्रवेश गरेको छ। बैंकले क्युआरकोड स्क्यान गरेर आफ्नो खाताबाट नगद निकाल्न सक्ने एमबिएल स्मार्ट काउन्टर पनि संचालनमा ल्याएको छ। बैंकले नयाँ स्मार्ट वेवसाइट समेत सुरु गरेको छ। बैंकका अनुसार नयाँ वेवसाइटमार्फत बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाइन आवेदन दिन सकिनेछ। बैंकले ग्राहकलाई लक्षित गर्दै विभिन्न २०र२० अफर समेत ल्याएको छ। बैंकले दरबारमार्ग र लाजिम्पाटमा ग्राहकको सुविधालाई मध्यनजर गर्दै प्रायोरिटी काउन्टर पनि संचालनमा ल्याउने भएको छ।


सम्बन्धित समाचार