Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाली राजनीतिमा भारतीय कार्ड

आफ्नो छैन एमालेका केपि ओलीले दुई तिहाइको सरकार धान्न नसकेर अल्पमतमा पुगे । काँग्रेसले विपक्षी तर्फका जसपाको महन्त पक्षलाई विश्वासमा लिन सकेन । एमालेको ओली गुट छिमेकी भारतको साथमा थियो । महन्त र राजेन्द्र भारतकै दूत भएको छर्लङ्ग थियो ।

तर काँग्रेसले त्यसको साहायता लिन सक्ने वातावरण बनेन । काँग्रेसका कृण्ण सिटौला रामचन्द्र पौडेल, डा. शेखर कोईरालाहरुले देउवालाई प्रधानमन्त्री पद दिलाउन चाहेको भए ठाकुर ठाउमा आउन सक्थे । भारतीय कार्ड यहाँ देखियो । देउवा भारतको विश्वास प्राप्त होइनन् । काँग्रेसले जसपा मात्र होइन सत्ता पक्षकै माधव समूहको साथ खोजेको हो । एमालेको आन्तरिक झगडामा माधव पक्ष लाई खेदेर रमाएका इश्वर पोख्रेलहरुको योजना छुट्टै थियो । पोख्रेल माधव पक्ष पार्टी विभाजन गरेर जावोस ओलकिो उत्तराधिकारी आँफू भईन्छ भन्नेमा थिए । पार्टी विभाजन ०५४ सालमा ओलीले नै गराएका थिए । बामदेवलाई खेदेर भएपनि ०५६ सालको चुनावमा एमाले पूरानै धरातलमा आयो । बामदेवसँगै हुन्थे भने त्यही बेला बहुमतको सरकारको रहर एमाले र ओलीले पूरा गर्थे । माओवादीमाथि दमन गर्थे ।

ओलीको रहर यस पटक पूरा भए । पार्टी झण्डै उनकै कारण टुक्रिदै थियो । धुपौरेहरले धुप बालेकै थिए । जो जासुस र सिआइडीहरुबाट संचालित छ डलर खेती यसको आम्दानी छदैछ । ओली विभाजनको अपजस आउने भएपछि घोप्टीएका हुन् । तर माओवादीबाट लगेका नालायकहरुबाट एमालेले पाउने केही होइन । तीनैलाई सत्ता र पार्टीको स्थान दिँदा पूराना एमाले कति र कसरी चित्त बुझाउने हुन् । अदालत प्रयोग गरेर पार्टी फुटाईयो । यो काम गरे बापत लोकसेवा आयोगको अध्यक्ष पद सम्पीएको देख्नु पर्याे । एमालेका लागि माओवादीसँग भोट लिएर खेद्न जति आनन्ददायी हुन सक्छ त्यसको सिमा माधव पक्षको विभाजन दुखद थियो । आफ्नो अहंकारलाई तह लगाउन ओलीले माधवसँग गरेको सहमतिमा ०७५ जेठ २ र ०७७ फागुन २८ गतेको निर्णय खारेज गर्ने भनिएको छ ।

एमाले आँफै १२१ सीटले बहुमत पुग्दैन । अब उसले साथ लिने जसपाको महन्त ठाकुर पक्षकै हो । पार्टी त एमाले नफुटेपनि जसपालाई फुटाउन प्रम ओली र छिमेकी भारत राजी भएका छन् । संसदको नियमित बैठकलाई लत्याएर गुटको खेतीमा लागेको ओली पथ माधवसँग झुक्यो । २८ जना सांसदले पद त्याग्ने तयारी गर्दा संसदमै अल्पमतमा परेका तर पद त्याग्न नचाहेका प्रम केपि ओलीलाई ठूलै धक्का नलागेको भए झुक्दैनथे । यो परिणामका निम्ति ओली पक्षले धेरै पाप्पड पेलेकै हो । माधव पक्ष पनि पार्टी विभाजन र संसद परित्याग भन्दा एकता मै लाग्नु कार्यकर्ताको दबाब र समयको बाध्यतामा परेकै हो । जनवर्गीय संगठनहरु र पेशागत संस्थाहरुको बारेमा पनि एमाले भित्र विवाद थियो । अबको अवस्थामा बागमति प्रदेशमा माधव पक्षका उमेद्वार डा. खिमलाल देवकोटा सहिद हुने राम बहादुर थापालाई सांसद बनाउने बाहेक यो द्वन्दको उपलब्धी ओलीलाई अल्पमतको प्रधानमन्त्री बनाउने नै भयो ।

लोकतन्त्रको धज्जी उडाएर गुटतन्त्रको खेती गरेका प्रम ओलीको टीमबाट एमाले चल्दैन भन्ने कुरा बामपन्थी राजनीतिले बुझेको छ । बामपन्थी एकताको धज्जी उडाएर साना बामपार्टीको दोहोलो कार्डेको एमालेले आफ्नो टीम भित्रै शत्रुता प्रदर्शन गरेर बामदेवहरुलाई अन्र्तघात गरेर चुनाव हराउदा ओलीकै नाउ जोडिएको थियो । त्यहाँ इश्वर पोख्रेल महासचिवको नाताले सकृय थिए । जोइपोइ एकै मलाई दिए मकै भने जस्तै बामदेवलाई लडाउन एक भएका ओली र पोख्रेलले कारबाही कसलाई गर्थे र ? किनकी बर्दियाको सिङ्गो कमिटी बामदेव विराधी थियो । गौतमले पार्टी कमिटी भन्दा बदनाम पात्र डिवी कार्की, हरि पराजुलीलाई ठिक ठानेकै हुन् ।

नेपालको सत्तामा भारतीय हातक्षेप छ । त्यसको अन्त्य गर्न जनताले नेकपालाई दिएको बहुमत नपचाएका प्रम ओलीको रहर त पूरा भयो । नेपाली जनताले विकृत राजनीतिको दुन्दुवीबाट मुक्त हुन भने २१ औँ सताब्दीमा पाएन । भारतीय हस्तक्षेपले नेपालमा कम्युनिष्ट पार्टीको एकता रुचाएको थिएन । तर यस पटक कम्युनिष्ट नामबाट प्रम ओली र उनको टीमले भारतसँग देखाएको लम्पसारबादी प्रवृतिबाट नेकपा एमाले मुक्त्त हुने छैन भन्ने सन्देश पनि दिएको छ ।